लिग टू : नेपाल र अमेरिका भिड्दै

आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो खेलमा अमेरिकासँग खेल्दैछ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा हुने नेपाल र अमेरिकाबीचको खेल नेपाली समय अनुसार राति ९ः १५ मा सुरु हुनेछ ।सिरिज अन्तर्गत पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ  । नेपाल अमेरिकालाई हराउँदै २ अंक जोड्ने योजनामा छ । आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ । सिरिजमा आफूलाई बलियो बनाउन आजको खेलमा जित निकाल्दै पर्ने दबाब छ ।यता अमे

सम्बन्धित सामग्री

अमेरिकाविरुद्ध फिल्डिङमा नेपाल

नेपालले आइसिसी विश्वकप लिग टू त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्ग अमेरिका सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले अमेरिकाविरुद्ध पहिलो बलिङ गर्ने भएको छ । मुसा क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो । अमेरिकाले केही बेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । नेपालले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । आजको खेलमा जित निकाल्दै नेपाल सिरिजको अन्त्य गर्ने योजनामा छ । यसै सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकासँग म्याट टाइ गरेको

विश्वकप लिग टू : नेपालले आज ओमानसँग खेल्दै

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग पहिलो खेल खेल्दैछ । बुधबारदेखि सुरु भएको श्रृंखलामा ओमान पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ११४ रनले पराजित भएको थियो । पर्लयाण्डस्थित मोसा क्रिकेट स्टेडियममा ओमानले पहिलो खेल खेलिसक्दा नेपाल भने त्यही टिमसँग आफ्नो पहिलो खेल खेल्न लाग्दैछ […]

लिग टु : नेपालले आज ओमानसँग खेल्दै

२६ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग पहिलो खेल खेल्दैछ । बुधबारदेखि सुरु भएको श्रृंखलामा ओमान पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ११४ रनले पराजित भएको थियो । पर्लयाण्डस्थित मोसा क्रिकेट स्टेडियममा ओमानले पहिलो खेल खेलिसक्दा नेपाल भने त्यही टिमसँग आफ्नो पहिलो खेल […]

विश्वकप लिग टू: दुवै ओपनर घाइते भएपछि सुवास खकुरेललाई टिममा बोलाइयो

२२ जेठ, काठमाडौं । दुवैजना ओपनर ब्याटर चोटग्रस्त भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले भेट्रान क्रिकेटर सुवास खकुरेललाई टिममा समावेश गर्ने निर्णय गरेको छ । आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक श्रृङ्खला खेल्नका लागि नेपाली टिम एक सातादेखि अमेरिकाको टेक्सासमा छ । अभ्यास र अभ्यास खेलका क्रममा ओपनरहरु कुशल भुर्तेल र आसिफ शेख […]

दुवै ओपनर चोटग्रस्त, समस्यामा नेपाल टिम

२२ जेठ, काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिका र ओमानसँगको शृंखलाका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टिमका दुवै ओपनर चोटग्रस्त भएका छन् । कुशल भुर्तेल र आसिफ शेख अभ्यास र अभ्यासखेलका क्रममा चोटग्रस्त भएको नेपाल क्रिकेट संघका सचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए । नेपाल टिमका नियमित विकेटकिपरसमेत रहेका आसिफको नेपाल अलस्टारविरुद्दको खेलअघि अभ्यासको […]

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

१४ जेठ, काठमाडौं । अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–टू क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोली अमेरिका प्रस्थान गरेको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गरेर विदाइ गरेको थियो । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगाएतको टोलीले विदाइ […]

अमेरिकामा सकेसम्म धेरै खेल जित्नेछौं : कप्तान सन्दीप

८ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले अमेरिकामा हुने आईसीसी क्रिकेट विश्वकप लिग टू शृंखलामा सकेसम्म धेरै खेल जित्ने बताएका छन् । २५ जेठदेखि १ असारसम्म अमेरिकामा नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय श्रृङ्खला हुँदैछ । जसमा नेपालले दुवै टिमसँग दुई दुई खेल खेल्नेछ । लिग टू मा यसअघि […]

नेपाली टिमका बलिङ प्रशिक्षकलाई अमेरिकाले भिसा दिएन

७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ कोच धम्मिका प्रसादलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासले भिसा नदिएको भन्दै उनले ट्वीट गरेका छन् । क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल अमेरिका जाँदै छ । नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्ट धम्मिका नेपाली टिमलाई बलिङको प्रशिक्षण दिन अमेरिका जान लागेका थिए […]

जिम्बाबेसँगको शृंखला अमेरिका भ्रमणअघिको अवसर : पुवुदु

१६ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुवुदु दासानायकेले जिम्बाबे ‘ए’ टिमसँगको शृंखला आसन्न अमेरिका भ्रमणअघि नेपाल टिमका लागि उत्कृष्ट अवसर भएको बताएका छन् । टेष्ट मान्यताप्राप्त जिम्बाबेको ‘ए’ टिमले नेपालसँग शनिबारदेखि तीन एकदिवशीय र त्यसपछि तीन ट्वान्टी–२० शृंखला खेल्दैछ । यो शृंखलालाई आगामी जुनमा हुने आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिका […]

अमेरिका जानुअघि क्यानडामा प्रशिक्षण गर्ने नेपालको तयारी

२८ चैत, काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने नेपाल अमेरिका र ओमानबीच त्रिकोणात्मक शृंखला अघि नेपाल क्रिकेट टिमले क्यानडामा प्रशिक्षण गर्ने गरी नेपाल क्रिकेट संघ (क्यान)ले तयारी सुरु गरेको छ । क्यानका क्रिकेट म्यानेजर विनोद दासले क्यानडा क्रिकेट बोर्डका पदाधिकारीसँग एक चरणको छलफल हुँदा उनीहरू पनि सकारात्मक रहेको जानकारी दिए । नेपाली […]