पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको अवकाश सुविधामा १५ प्रतिशत कर लगाउने निर्णय सर्वोच्च अदालतले उल्ट्याएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले खतिवडाको निर्णय उल्ट्याएको हो ।गत मंसिर २१ गते बसेको इजलासले गरेको फैसलाको आज सार्वजनिक भएको पूर्णपाठले डा.खतिवडाको निर्णय उल्ट्याएको उल्लेख छ । अब सरकारी कर्मचारी अवकाश हुँदा पाउने सुविधासहितको रकममा ५ प्रतिशत मात्रै कर लाग्ने छ ।अर्थमन्त्री हुँदा खतिवडाले आयकर ऐन, २०५८ बमोजिम अवकाश भएका कर्मचारीबाट १५ प्रतिशतका दरले करकट्टी