नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा नेपाल मोवाईल ईम्पोटर्स एशोसिएसनका केन्द्रीय अध्यक्ष दीपककुमार मल्होत्राले अर्थतन्त्र सुधार्नका लागि ब्याजदर घटाउनु अनिवार्य भएको बताएका छन्।...
काठमाडौँ – अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको मनोबल बढाउन बैंकहरूले ब्याजदर घटाउनेतर्फ उन्मुख हुन आग्रह गरेका छन्। बिहीवार निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वर्ण महोत्सव कार्यक्रममा अर्थमन्त्री डा. महतले सरकारले अर्थतन्त्र चलायमान बनाउन र बैंकको ब्याजदर घट्ने उद्देश्यले स्थानीय तहको सञ्चित कोषको रकम बैंकले निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको बताए। […]
काठमाडौं । न्यूजिल्यान्डको अर्थतन्त्र आर्थिक मन्दीमा गएको छ । महँगी नियन्त्रण गर्न त्यहाँको केन्द्रीय बैंकले ब्याजदरलाई बढाएर १४ वर्षकै उत्कर्षमा पुर्याएपछि अर्थतन्त्र मन्दीमा फसेको हो । सन् २०२३ को पहिलो तीन महीनामा अर्थतन्त्र शून्य दशमलव १ प्रतिशत खुम्चिएको छ ।
अघिल्लो त्रैमासमा पनि अर्थतन्त्र शून्य दशमलव ७ प्रतिशतले घटेको थियो । कुनै पनि अर्थतन्त्र लगातार दुई त्रैमाससम्म खुम्चियो भने त्यसलाई आर्थिक मन्दी भनिन्छ ।
सन् २०२१ को अक्टोबरयता रिजर्भ बैंक अफ न्यूजिल्यान्डले ब्याजदर बढाउन शुरु गरेको थियो ।
कोरोना भाइरसको महामारीमै ब्याजदर बढाउन शुरु गर्ने न्यूजिल्यान्ड विश्वको पहिलो देश थियो । गएको महीनाको वृद्धिपछि ब्याजदर साढे ५ प्रतिशतमा उक्लिएको छ । कोभिडकै बेलामा न्यूजिल्यान्डमा महँगी थियो । ब्याजदरमा भएको वृद्धिका कारण धितो कर्जाको भुक्तानी महँगो बनेको छ भने अन्य खालको कर्जाको ब्याजदर पनि बढेको छ ।
ब्याजदर बढेपछि पैसा बचाउन स्टार्टअपहरूले धमाधम कर्मचारी निकाल्न थालेका छन् । विश्वभर केन्द्रीय बैंकहरूले मूल्य वृद्धिमाथि अंकुश लगाउन धमाधम ब्याजदर बढाएका थिए । युक्रेनी युद्धका कारण इनधनदेखि खाद्यान्नसम्मको भाउ बढ्दा पनि महँगी चुलिएको थियो ।
पहिलो त्रैमासमा समुद्र आँधि अनि शिक्षकहरूको हड्तालको कारण पनि पहिलो त्रैमासमा न्यूजिल्यान्डको अर्थतन्त्र प्रभावित बनेको थियो । अर्थतन्त्र मन्दीमा गएपछि अब भने न्यूजिल्यान्डको केन्द्रीय बैंकले ब्याजदर बढाउन बन्द गर्ने आशा बढेको छ । एजेन्सी
बैंक तथा वित्तीय संस्थाको ब्याजदर क्रमशः घट्दो अवस्थामा रहेको र अर्थतन्त्र सहज अवस्थामा जान थालेको बैंकरहरुले बताएका छन्। काठमाडौंको सोल्टी होलटमा मंगलबार आयोजित ‘द नेसनल बैंकिङ डिस्कोर्स २०२३’मा सहभागी बैंकरहरुले...
एजेन्सी । अर्थतन्त्र मन्दीमा फस्दै गएपछि अमेरिकी केन्द्रीय बैंकले पुनः ब्याजदर बढाएको छ । फेडरल रिजर्भ बैंकले शून्य दशमलव २५ प्रतिशतले ब्याजदर बढाएको हो । पछिल्ला १४ महिनामा दशौं पटक ब्याजदर बढाइएको हो भने योसँगै अमेरिकामा ब्याजदर १६ वर्ष यताकै उच्च भएको छ । सन् २०२२ मा लगभग शून्यको हाराहारीमा रहेको ब्याजदर अहिले ५ दशमलव […]
काठमाडौं : नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र अझै धराशायी हुनसक्ने बताएका छन्। नेपाल—इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बिहीबार अध्यक्ष मल्लले बैंकको ब्याजदर सरकारले तत्काल एकल अंकमा नझारे अर्थतन्त्र अझै धराशायी हुनसक्ने बताएका हुन्। उनले बैंकको ब्याजदर नघटाए उद्योग व्यवसाय पनि फस्टाउन नसक्ने बताए।उनले बजारमा तरलता अभावका कारण उद्योगी व्यवसायीको आर्थिक संकट निस्तेज पार्न डिजिटलाइजेशन र नगद कारोबारमा ज
बैंक तथा वित्तीय संस्थाले कर्जामा लिने गरेको ब्याज निकै बढी भएको भन्दै व्यवसायीहरू आन्दोलित भइरहेका छन् । केन्द्रीय बैंकको कसिलो मौद्रिक नीतिका कारण वाणिज्य बैंकहरूले कर्जामा लिने ब्याजदर १० वर्ष यताकै उच्च रहेको देखिएको छ । तर, विगतमा यो भन्दा बढी ब्याजदर भए पनि यस्तो विरोध भएको भने थिएन । त्यसैले समस्या ब्याजदरमा भन्दा पनि अन्यत्र रहेको विज्ञहरूको विश्लेषण रहेको पाइन्छ ।
कोभिड–१० महामारी कम हुन थालेपछि बैंकहरू कर्जा विस्तारमा आक्रामक भएपछि ब्याजदर उकालो लाग्न शुरू भएको हो । बजारमा तरलताको कमी हुँदै गएपछि निक्षेप तानातानको अवस्था आयो र ब्याजदर बढ्न थाल्यो । त्यसमा पनि मुलुकको विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि नेपाल राष्ट्र बैंकले उपभोग घटाउन कर्जा प्रवाहमा कडाइ गर्ने नीति लियो । नेपालमा उत्पादन नहुने भएकाले उपभोग्य वस्तुहरूको ठूलो परिमाणमा आयात भएपछि विदेशी विनिमय सञ्चितिमा दबाब परेको थियो । यसलाई रोकेर उपभोग घटाउन ब्याजदर बढाउने नीति केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत लियो । उसले कर्जा उपभोग निरुत्साहन गर्न बैंकदरमा वृद्धि गर्यो । उसको मौद्रिक नीतिबाट बैंकहरूको पूँजीको लागत बढ्न जाँदा कर्जाको ब्याजदर बढेको हो । तर, व्यवसायी र सर्वसाधारणको आक्रोश भने बैंकहरूप्रति बढी लक्षित छ । यद्यपि निजीक्षेत्रको प्रतिनिधिमूलक संस्थाहरूले भने राष्ट्र बैंकसँग ब्याजदर घट्ने गरी मौैद्रिक नीतिको अर्धवार्षिक समीक्षा ल्याउन आग्रह गरेका थिए ।
ब्याजदर बढी भएपछि अर्थतन्त्रको लागत पनि बढ्छ । त्यसको मार उपभोक्ताले पाउने त छँदै छ, अर्थतन्त्रको गति समेत सुस्त हुन्छ । अहिले अर्थतन्त्र सुस्ताउनुको एउटा कारण चर्को ब्याजदर पनि हो । तर, यही विषयलाई लिएर बैंक तथा वित्तीय संस्थामाथि प्रहार हुन थालेको छ जुन गलत छ । जनतामा गलत सन्देश गयो भने के हुन्छ भन्ने कुरा अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टिएको घटनाले पुष्टि गर्छ । बैंक तथा वित्तीय संस्था भनेका विश्वासको आधारमा चल्ने संस्था हुन् । तिनमा थोरै मात्र पनि तलमाथि भयो भने ती धराशयी हुन बेर लाग्दैनन् । त्यसले समग्र अर्थतन्त्रमा गम्भीर असर पार्छ । त्यसैले केन्द्रीय बैंकले पनि यसलाई गम्भीर रूपमा लिएर ब्याजदरसम्बन्धी नीतिमा पुनरवलोकन गर्नु उपयुक्त हुन्छ ।
काठमाडौं । बढ्दो ब्याजदरले निजी क्षेत्र मात्र नभई आम नागरिक तथा मुलुकको समग्र अर्थतन्त्र नै धराशायी भएको भन्दै सरोकारवालाले चिन्ता व्यत्त गरेका छन् । राजधानीमा कन्स्टिच्युशनल फोरम अफ नेपालले गरेको कार्यक्रममा व्यवसायीहरुले मुलुकको राजनीतिक अवस्था परिवर्तन हुँदै जाँदा पनि आर्थिक अवस्थाले भने पूर्णता नपाएको बताए । राष्ट्र बैंकले निक्षेपमा ब्याजदर बृद्धि गरे पनि कर्जाको ब्याजदरमा […]
काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले राजस्वले चालू खर्च धान्न नसक्ने अवस्था आएको र त्यसले देश संकटमा जाने अवस्था सिर्जना भएको धारणा राखेको छ। मंगलवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन उक्त धारणा सार्वजनिक गरेको हो।साथै महासंघले ब्याजदर नघट्दासम्म अर्थतन्त्रलाई लयमा राख्न कठिन हुने धारणा राखेको छ। महासंघले ब्याजदर नघटाए मुलुकको अर्थतन्त्र नै संकटमा जाने भन्दै केन्द्रीय बैंक र सरकारले ब्याजदर घटाउने गरी नीति लिनुपर्ने माग गरेको छ।पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्
जनकपुरधाम : अर्थतन्त्र मन्दीमा गइरहेका बेला बैंकहरुले नीतिगत दरमार्फत ब्याजदर बढाएको भन्दै जनकपुरधामका व्यवसायी आन्दोलित भएका छन्।बिहीबार जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा बैंक तथा वित्तीय समस्या समाधानार्थ व्यवसायीहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन्।वर्ष दिनमै ब्याजदर दोब्बरले उक्लिएपछि धान्नै नसक्ने अवस्था आएकोले आन्दोलित हुनुपरेको जकपुरधाम उद्योग वाणिज्य संघका महासचिव मनोज साहले बताए।उनीहरुले ब्याजसँगै चालु पुँजी कर्जा नीतिको पनि चर्को विरोध गरेका छन्। ब्याजदर वृद्ध
२८ माघ, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर बढाउने भद्र सहमति गरेका छन् । सहमतिअनुसार १ फागुदेखि व्यक्तिगततर्फ मुद्दतिमा वाषिर्क ११.०३ प्रतिशत ब्याजदर पुगोको छ । संस्थागततर्फ भने बैंकहरुले १०.०७ प्रतिशत ब्याजदर दिने सहमति गरेका छन् । यो निर्णयमा निजी क्षेत्र भने आत्तिको छ । निजी क्षेत्रको सबैभन्दा […]