१० फागुन, काठमाडौं । सगरमाथा आधार शिविर जाने पदयात्रा मार्गमा पर्ने कोङ्दे पिक होटलमा आगलागी भएको छ । २ फागुनको साँझ भएको आगलागीबाट होटल पूर्ण रुपमा क्षतिग्रस्त भएको होटल सञ्चालक लाक्पा नुरु शेर्पाले जानकारी दिए । उनका अनुसार आगलागीबाट ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । यो होटल सोलुखुम्बुको फाकदिङ जम्फुटेमा अवस्थित छ । […]