१४ कात्तिक, विराटनगर । विराटनगरको सहिद रंगशालामा मंसिर महिना भित्रमा फ्लड लाइट जडान गरिने भएको छ । प्रदेश सरकारले रंगशालामा मंसिर महिना भित्रै फ्लड लाइट जडानको काम पूरा गर्ने तयारी गरेका हो ।
फ्लड लाइट जडानका …
कैलालीको धनगढी उपमहानगरपालिकास्थित छ लेन सडकमा निर्माण गरिएको स्वागत गेटमा ‘फ्लड लाइट’ जडान गरिएको छ । उपमहानगरपालिका–१३ स्थित मोहनपुरमा निर्माण गरिएको स्वागत गेटमा ‘फ्लड लाइट’ लगाइएको हो । गेटमा जडान गरिएको लाइटका कारण जोकोहीले ‘आहा धनगढी सहर’ भन्ने गरेका छन् । चार लाख ४७ हजार रुपियाँ लगानीमा स्वागत गेटमा ३२ वटा ‘फ्लड लाइट’ जडान गरेको उपमहानगरपालिकाले जनाएको छ ।
२२ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने ठेक्का सिनामंगलको एमएसआईपीएल–एएससी पावर जेभीले पाएको छ । तर उसँग ठेक्का सम्झौता मंसिरमा मात्रै हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । एमएसआईपीएल–एएससी पावर जेभीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फ्लड लाइट जडान र केही विद्युतीय काम गर्ने छ । राष्ट्रिय खेलकुद परिषद राखेपका इन्जिनियर सबिन […]
काठमाडौँ – टियु मैदान कीर्तिपुरमा राष्ट्रिय खेलकुद परिषदले फ्लड लाइट जडान कार्य अघि बढाएको छ। राखेपले आवश्यक पर्ने रकम विनियोजन भएपश्चात टेन्डरको प्रक्रिया सुरु गर्नेछ। टियु मैदानमा फ्लड लाइट जडानपछिको डिजाइन तयार गरिएको छ। ट्रोल बनिन् प्रधानमन्त्री पुत्री गंगा दाहाल प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवसमेत रहेकी पुत्री गंगा दाहालले सुरुमा रंगशालामा फ्लड लाइटपछिको डिजाइन राख्दै ‘सम्माननीय […]
काठमाडौं : सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने घोषणा गरेको छ।संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रकम विनियोजन गरिएको जानकारी दिए।त्यस्तै, उनले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न बजेट विनियोजन गरेको जानकारी दिए।
शहीद रंगशालामा फ्लड लाइट सञ्चालन भएपछि विराटनगरवासीको वर्षौंदेखिको रात्रिकालीन खेलकूद हेर्ने चाहना पूरा भएको छ ।
काठमाडौँको दशरथ रंगशालापछि विराटनगरमा यो दोस्रो फ्लड लाइट हो ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फ्लड लाइटको सोमबार साँझ उद्घाटन गर्दै तीन वर्षअगाडि सरकारले प्रतिबद्धता व्यक्त गरेअनुसार आफ्नो काम पूरा गरेको छ, भने ।
मुख्यमन्त्री राईले फ्लड लाइट सञ्चालनबाट यस क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता सञ्चालन सहज हुने पनि बताए ।
सामाजिक विकासमन्त्री उषाकला राईले खेलकुदको माध्यमबाट समाजमा अ...
विराटनगर / विराटनगरको शहीद रंगशालामा ‘फ्लड लाइट’ जडान कार्य सम्पन्न हुने अवस्थामा पुगेको छ । खेलकुदका रात्रिकालिन प्रतियोगिता आयोजना गर्न सजिलो बनाउने उदेश्यले प्रदेश १ सरकारको लगानीमा पहिलो पटक विराटनगरमा जडानको काम भइरहेको हो । लाइट जडानपछि रातका समयमा जुनसुकै पनि खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी षडानन्द भट्टराईले बताए ।...
The post सकिन लाग्यो विराटनगरको रंगशालामा ‘फ्लड लाइट’ जडान appeared first on Purbeli News.