प्रदेश कार्यालयबाटै सवारी लाइसेन्स उपलब्ध गराउने सरकारको घोषणा

काठमाडौं : सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने घोषणा गरेको छ।संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रकम विनियोजन गरिएको जानकारी दिए।त्यस्तै, उनले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न बजेट विनियोजन गरेको जानकारी दिए।

सम्बन्धित सामग्री

सवारी लाइसेन्स प्रदेशमै छापिने

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रदेशहरूबाट पनि छापिने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सातवटै प्रदेशका यातायात मन्त्रीको अन्तर तह समन्वय बैठकमा सो निर्णय भएको हो। प्रदेशस्थित सम्बन्धित यातायात कार्यालयबाट स्मार्ट लाइसेन्स छपाइका लागि सङ्घीय सरकारले मेसिन उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

अब प्रदेश कार्यालयबाटै सवारी लाइसेन्स

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने भएको छ। अर्थमन्त्रीका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ५६ करोड रकम विनियोजन गरिएको छ ।