वर्षा लागेपछि मात्रै नियमित बिजुली

काठमाडौं । उद्योगहरूमा विद्युत् आपूर्ति सहज हुन हिउँ पग्लिने र पानी पर्ने मौसम नै पर्खिनुपर्ने भएको छ । भारतबाट तत्काल आवश्यक मात्रामा बिजुली पाउने सम्भावना छैन । यस स्थितिमा आपूर्ति सहज बनाउन हिउँ पग्लिने र वर्षा हुने समय पर्खिनुको विकल्प नभएको हो । यस हिसाबले चाँडोमा जेठ दोस्रो सातापछि मात्रै विद्युत् आपूर्ति सहज हुने देखिन्छ । हिमालको फेदको हिउँ चैत/वैशाखमै पग्लिसकेको छ । माथिल्लो भेगको हिउँ ढिलोमा जेठ दोस्रो सातादेखि पग्लिन थाल्छ । त्यसपछि खोला/नदीमा पानीको मात्रा बढ्छ । खोलामा पानी बढेपछि विद्युत् उत्पादन स्वतः बढ्छ । त्यही आधारमा जेठ दोस्रो सातापछि विद्युत् आपूर्ति सामान्य हुने नेपाल विद्युत् प्राधिकरणले बताइरहेको हो । प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले जेठ दोस्रो सातादेखि विद्युत् आपूर्ति सहज हुने बताए । ‘जेठ दोस्रो सातादेखि हिउँ पग्लिन थाल्छ र खोलामा पानीको मात्रा पनि बढ्छ,’ उनले भने, ‘त्यसपछि विद्युत् आपूर्तिमा हामी सहज अवस्थामा पुग्छौं र स्वदेशी उत्पादनले नै बजारको माग पूरा गर्न सक्छौं ।’ असारपछि वर्षा शुरू हुन्छ, त्यो बेला खोलामा पर्याप्त मात्रामा पानी हुन्छ । त्यसपछि बिजुली भारत निर्यात नै गर्न सकिने प्राधिकरणको भनाइ छ । राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत्को जडित क्षमता २ हजार मेगावाटभन्दा बढी छ । खोलामा पानी कम हुँदा अहिले ८०० मेगावाट हाराहारीमात्रै उत्पादन भइरहेको छ । यही बेला माग चाहिँ १ हजार ६०० मेगावाट छ । नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । त्यसकारण हिउँदमा खोलामा पानी घट्दा विद्युत् उत्पादन स्वतः कम हुन्छ । वर्षामा भने पूर्ण क्षमतामा उत्पादन हुन्छ । खोलामा पानीको मात्रा कम भएर स्वदेशी उत्पादन घटेपछि प्राधिकरणले भारतबाट बिजुली ल्याएर माग धानिरहेको थियो । पछिल्लो समय भारतमै विद्युत् उत्पादन घटेको छ । भारतमा कोइलाबाट उत्पादन हुने विद्युत्को अंश बढी छ । रूस–युक्रेन तनावका कारण पछिल्लो समय विश्वभर कोइला अभाव भएको छ । त्यसको असर भारतको विद्युत् उत्पादनमा परेको हो । भारतमै उत्पादन घटेपछि प्राधिकरणले त्यहाँबाट पर्याप्त मात्रामा बिजुली ल्याउन सकेको छैन । र, गत हप्तादेखि औपचारिक रूपमै औद्योगिक क्षेत्रमा लोडशेडिङ शुरू गरेको छ । अहिले प्राधिकरणले घरायसी ग्राहकलाई भने २४सै घण्टा बिजुली दिइरहेको छ । औद्योगिक क्षेत्रमा विद्युत् कटौती भइरहेको छ । त्यसलाई कम गर्न प्राधिकरण प्रयत्नशील रहे पनि नजीतामूलक काम भएको छैन । लोडशेडिङ हुन थालेपछि औद्योगिक क्षेत्र मारमा परेको छ । इन्धन र बिजुली उद्योगलाई नभई नहुने चिज हुन् । अहिले पेट्रोल तथा डिजेल जस्ता इन्धनको मूल्य पनि आकाशिएको छ । यही बेला लोडशेडिङ हुन थालेपछि उद्योग सञ्चालन प्रभावित भएको व्यवसायी बताउँछन् । ऊर्जा अभावले उद्योगहरू घाटामा जाने र अन्ततः बन्दै हुने डर व्यवसायीलाई छ ।

सम्बन्धित सामग्री

सचिव बैठकको निर्णय : सिंहदरबारमा २४ घण्टा बिजुली, पानी र इन्टरनेट

५ साउन, काठमाडौं । पछिल्ला महिनाहरमा देशभर नै बिजुली आपूर्ति नियमित छैन । प्रसारण तथा वितरणलाइन पूर्वाधार कमजोर हुँदा झ्याप्प–झ्पाप्प झ्याप्प बिजुली गएर जताततैका उपभोक्ता प्रताडित छन् । राजधानी काठमाडौंमै मेलम्चीको सुरुङ बन्द भएकाले खानेपानीको आपूर्ति वर्षा लागेपछि झनै प्रभावित भएको छ । अत्यावश्यक बनिसकेको इन्टरनेटको सेवा पनि भरपर्दो छैन । यस्तो बेलामा सिंहदबरबारमा बसेको […]

दसैँसँगै बिजुली पुगेपछि गाउँमा खुसीयाली

उदयपुरको कटारी नगरपालिकाको–१४ पहाडीमा वडाको पहलमा गाउँमा पहिलो पटक बिजुली पुगेको छ । छ सय ९९ घर रहेको उक्त गाउँमा अहिले एक सय ७ घरमा बिजुली पु¥याइएको वडाध्यक्ष शम्भु श्रेष्ठले बताए । वडाको पहलमा गोकुले, भादगाउँ र पिपलडाँडामा बिजुली बालिएको हो । बाँकी घरपरिवारका लागि पनि नियमित काम भइरहेको वडाध्यक्ष श्रेष्ठले बताए । पहिलो पटक वडामा कटारी हुँदै नेपाल विद्युत् प्राधिकरण कटारी शाखाले राष्ट्रिय प्रशारण जडान गरेको हो । दसैँसँगै गाउँमा बिजुली बलेपछी दसैँमा थप उमङ्ग छाएको स्थानीय मोहन श्र

दसैँसँगै बिजुली पुगेपछी गाउँमा खुसीयाली छायो

काठमाडौँ – उदयपुरको कटारी नगरपालिकाको–१४ पहाडीमा वडाको पहलमा गाउँमा पहिलो पटक बिजुली पुगेको छ । छ सय ९९ घर रहेको उक्त गाउँमा अहिले एक सय ७ घरमा बिजुली पु¥याइएको वडाध्यक्ष शम्भु श्रेष्ठले बताए। वडाको पहलमा गोकुले, भादगाउँ र पिपलडाँडामा बिजुली बालिएको हो । बाँकी घरपरिवारका लागि पनि नियमित काम भइरहेको वडाध्यक्ष श्रेष्ठले बताइ । पहिलो […]

काठमाडौंमा साझाका बिजुली बस सररर…(तस्बिरमा हेरौं)

काठमाडौं, २३ असार । साझा यातायातले आजदेखि बिजुली बसको सेवा औपचारिक रुपमा सुभारम्भ गरेको छ। साझाको पुल्चोकस्थित कार्यालयबाट बिजुलीका बसहरुको सेवाको संस्थापक अध्यक्ष विश्ववन्धु थापाले औपचारिक रुपमा सुभारम्भ गरेका हुन् । साझाले पहिलो चरणमा ल्याएका ३ वटा बिजुली बसले काठमाडौंमा सेवा दिन थालेका हुन् । साझाका नियमित सेवा दिँदै आएका रुटहरुमा बिजुली बसले आजदेखि सेवा […]

काठमाडौंमा चल्न थाले साझाका बिजुली बस

२३ असार, काठमाडौं । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बसले आज बिहीबारदेखि काठमाडौंंमा सेवा थालेका छन् । पहिलो चरणमा ल्याइएका बिजुली बसले साझाले नियमित सेवा दिंदै आएका रुटहरुमा सेवा थालेको हो । बिहीबार बिहान साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गरेका छन् । साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले […]

ललितपुरका केही ठाउँमा बिजुली अवरुद्ध : सेवाग्राही मर्कामा

काठमाण्डाै - ललितपुरका केही ठाउँमा गएरातिदेखि बिजुली अवरुद्ध भएको छ । ललितपुर महानगरपालिकाका चापागाउँ, ठेचो, ढोलाहिटीलगायतका ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको हो। लगनखेल वितरण केन्द्रका अनुसार बिजुली नियमित गर्न बिहानैदेखि प्राविधिक टोली खटिएको छ । तर अहिलेसम्म समस्या पत्ता लाग्न सकेको छैन । चापागाउँ र लगनखेलबाट प्राविधिक टोली खटिएको तर कुन ठाउँमा समस्या छ भनेर पत्ता लगाउन नसकिएको लगनखेल केन्द्रले जानकारी दिएको छ । समस्या पत्ता लगाएर मर्मत गर्नुपर्ने भएकाले बिजुली आउन केही समय लाग्न सक्ने पनि केन्द्रले जनाएक...

वर्षा लागेपछि मात्रै नियमित बिजुली

काठमाडौं, बैशाख २१। उद्योगहरूमा विद्युत् आपूर्ति सहज हुन हिउँ पग्लिने र पानी पर्ने मौसम नै पर्खिनुपर्ने भएको छ । भारतबाट तत्काल आवश्यक मात्रामा बिजुली पाउने सम्भावना छैन । यस स्थितिमा आपूर्ति सहज बनाउन हिउँ पग्लिने र वर्षा हुने समय पर्खिनुको विकल्प नभएको हो । यस हिसाबले चाँडोमा जेठ दोस्रो सातापछि मात्रै विद्युत् आपूर्ति सहज हुने […]

उद्योगमा आउन थाल्यो बिजुली, आन्दोलनका कार्यक्रम स्थगित

मोरङको औद्योगिक क्षेत्रमा बिजुली आउन थालेको छ । मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरेपछि औद्योगिक क्षेत्रमा बिजुली आएको हो ।नेपाल विद्युत् प्राधिकरणले औधोगिक क्षेत्रको बिजुली काटेपछि व्यापार संघ र परिसंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । औद्योगिक क्षेत्रमा नियमित बिजुली दिने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ  । नेपाल विद्युत् प्राधिकरणले औधोगिक क्षेत्रमा बिजुली नकाट्ने प्रतिबद्धता जनाएपछि आन्दोलनका कार्यक्रम फिर्ता ग

खै बिजुली?

काठमाडौं, पुस १६ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली खपत बढाउन आग्रह गरिरहेका बेला सबैभन्दा बढी विद्युत् खपत हुने उपत्यकामा आपूर्ति भने खल्बलिएको छ। एक सातायता उपत्यकाका अधिकांश ठाउँमा नियमित आपूर्ति नहुँदा उपभोक्ताले ‘खै बिजुलीर ?’ भन्न थालेका छन्। पूर्वसूचनाबिनै झ्याप्प–झ्याप्प बिजुली जाने समस्या ह्वात्तै बढेपछि उपभोक्ताले यस्तो प्रश्न गर्न थालेका हुन्। […]

ऋषिङमा बिजुली नियमित

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा पाँच दिनपछि बत्ती बलेको छ । अविरल वर्षासँगै गएको पहिरोले पोल ढलेर विद्युत् अवरुद्ध हुँदा सिंगो गाउँपालिका अन्धकारमय बनेको थियो । गत शुक्रबारदेखि विद्युत् अवरुद्ध हुँदा ऋषिङवासी अन्धकारमा बस्न बाध्य थिए । गाउँपालिकाको ८ वटै वडामा विद्युत् अवरुद्ध हुँदा स्थानीयले सास्ती भोग्नुपरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।      अविरल वर्षाले शृंगपथअन्तर्गत अजम्बरीमा पुनः पहिरा खसेर सडक अवरुद्ध भएको छ । उक्त स्थानमा अघिल्लो महिनाको वर्षाले क्षति पुगेको छ । वर्षाका कारण गाउँपालिकाका ८ वटाघरमा पूर्ण क्षति भएको छ । उनले भने, ‘आंशिक क्षति भएका घरको तथ्यांक लिने काम भइरहेको छ ।’       ऋषिङ गाउँपालिका–८ मिलनचोकस्थित प्रेम शाहीको घर जमिनदेखि करिब दुई मिटर तल भासिएर क्षति भएको छ । शृंगपथका विभिन्न स्थानमा पहिरो खसेका कारण आउजाउमा कठिनाइ भएको छ । यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएसँगै मानिसको आउजाउमा कठिनाइ भएको छ । ऋषिङ, घिरिङ र भीमाद गरी तीन पालिकाबीच यातायात सेवा नियमित बनाउने विषयमा समन्वय भइरहेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । त्यसैगरी जिल्लाका घिरिङ गाउँपालिका–१ अत्रौली निवासी टीकाराम दर्जी, रामबहादुर विक र बमबहादुर थापाको घर जोखिममा रहेका छन् । घरमाथिको करिब १०० मिटर भूभाग खेतीयोग्य जमिन फाटेर पहिरो जाने उच्च जोखिममा छ । पहिरोका कारण रीता विक र शर्मिला थापाको परिवार विस्थापित भएको स्थानीय विष्णुभक्त सिग्देलले बताए । पीडित परिवारलाई उचित राहत तथा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित पक्ष र सरोकारवाला निकायसँग माग गरिएको उनले जानकारी दिए । रासस