दसैँसँगै बिजुली पुगेपछि गाउँमा खुसीयाली

उदयपुरको कटारी नगरपालिकाको–१४ पहाडीमा वडाको पहलमा गाउँमा पहिलो पटक बिजुली पुगेको छ । छ सय ९९ घर रहेको उक्त गाउँमा अहिले एक सय ७ घरमा बिजुली पु¥याइएको वडाध्यक्ष शम्भु श्रेष्ठले बताए । वडाको पहलमा गोकुले, भादगाउँ र पिपलडाँडामा बिजुली बालिएको हो । बाँकी घरपरिवारका लागि पनि नियमित काम भइरहेको वडाध्यक्ष श्रेष्ठले बताए । पहिलो पटक वडामा कटारी हुँदै नेपाल विद्युत् प्राधिकरण कटारी शाखाले राष्ट्रिय प्रशारण जडान गरेको हो । दसैँसँगै गाउँमा बिजुली बलेपछी दसैँमा थप उमङ्ग छाएको स्थानीय मोहन श्र

सम्बन्धित सामग्री

दुर्गम गाउँमा बिजुली पुगेपछि …

काठमाडौँ,६ पुष । वर्षौदेखि अन्धकारमा बस्दै आएका सिरहाको धनगढीमाई नगरपालिका– १४ स्थित अति विकट मानिएको मराईन, खुट्टीखोला र राईरैनी गाउँमा बिजुली पुगेपछि स्थानीयवासी खुसी भएका छन् । स्थानीय तहको समन्वयमा विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युतीकरणमार्फत अति दुर्गम मानिएको सो बस्तीमा बिजुली पु¥याएको थियो । बस्ती बसेदेखि लालटेन र टुकिको भरमा रात काट्दै आएका स्थानीयवासी […]

सिँचाइका लागि खेतमै बिजुली पुगेपछि किसान दङ्ग

झापा – झापा गाउँपालिकाले किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले खेत-खेतमा बिजुली पुर्याउन सुरुआत गरेको छ। किसानका लागि दिगो सिँचाइ प्रणालीअन्तर्गत भूमिगत जलस्रोतलाई डिप ट्युबवेलमार्फत सिँचाइ गर्न पालिकाले खेत-खेतमा विद्युत् सुविधा पुर्याउन थालिएको हो। गाउँपालिकाका अध्यक्ष जयनारायण साहले गत आर्थिक वर्षमा एक सय किसानको खेतमा विद्युत् सुविधा उपलब्ध गराइसकेको र चालु आवमा थप एक सय […]

सिन्धुलीको कुप्रीडाँडामा बिजुली बत्ती बलेपछि स्थानीय हर्षित

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका-१३ कुप्रीडाँडामा बिजुली बत्ती बालिएको छ । बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन् । वर्षौँदेखिको टुकी बालेर बस्नुपर्ने उनीहरुको बाध्यता हटेको छ । कुप्रीडाँडामा नयाँ ट्रान्सफर्मर जडान गरिएपछि घर-घरमा बिजुली बत्ती बलेको हो । दुधौली नगरपालिका-१३ का वडाध्यक्ष दीपक खड्काले विद्युत् विस्तारपछि स्थानीयको दैनिकीमा सहजता आएको बताए । विद्युत् विस्तारपछि सो […]

सिन्धुलीको कुप्रीडाँडामा बिजुली बल्यो

सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिका-१३ कुप्रीडाँडामा बिजुली बत्ती बालिएको छ । बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन् । वर्षौँदेखिको टुकी बालेर बस्नुपर्ने उनीहरूको बाध्यता हटेको छ ।  कुप्रीडाँडामा नयाँ ट्रान्सफर्मर जडान गरिएपछि घर–घरमा बिजुली बत्ती बलेको हो । दुधौली नगरपालिका-१३ का वडाध्यक्ष दीपक खड्काले विद्युत् विस्तारपछि स्थानीयको दैनिकीमा सहजता आएको बताए । विद्युत् विस्तारपछि सो वडाका […]

गाउँमा बिजुली पुगेपछि मुस्कुराएको चेपाङ बस्ती (तस्वीरसहित)

हेटौैडा : मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–९ पार्सिबाङ रुन्चेबुङमा पहिलोपटक बत्ती पुगेको छ।अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिका–९ को पार्सिबाङ रुन्चेबाङमा पहिलो पटक बिजुली बत्ती पुगेको हो। पूर्व–पश्चिम राजमार्गबाट करिब ३५ किलोमिटर मात्र भित्र रहेको सो स्थानमा हालसम्म बिजुली पुगेको थिएन। बत्ती नभएकोले त्यहाँका चेपाङ समुदाय सल्लाको दियालो बालेर घर उज्यालो पार्ने गर्थे।तर आइतबार गाउँमा बत्ती बाल्न पेल्ट्रिक सेट उद्घाट

मेचीपारिका गाउँवासी अँध्यारोमा, महिनौँदेखि छैन बिजुली

झापा : स्थानीय सरकारले निकै तामझामका साथ मेचीनगर नगरपालिका–१५ मेचीपारिको ग्वालबस्तीमा बिजुली बलेको कार्यक्रम उद्घाटन गरेको थियो।२०७७ चैत ७ गते नगरपालिकाका मेयर विमल आचार्य र उपमेयर मीना पोखरेल (उप्रेती)ले संयुक्त रूपमा स्विच थिचेर बिजुली बालेका थिए। पहिलो पटक बिजुली पुगेपछि त्यहाँका बासिन्दा हर्षित भएका थिए।नगरपालिकाले उनीहरूलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको थियो तर ग्वालबस्तीका बासिन्दाको त्यो खुसी धेरै दिन रहेन। अहिले ग्वालबस्तीका बासिन्दा फेरि अँध्यारोमा रात कटाउन बाध्य छन्।चैत

उदयपुरको पोखरियामा पुग्यो बिजुली

उदयपुर– जिल्लाको पश्चिमी क्षेत्रको कटारी नगरपालिका–१ पोखरियामा पहिलोपटक बिजुली पुगेपछि स्थानीयवासीले खुशीयाली मनाएका छन् । राष्ट्रिय प्रसारण लाइनअन्तर्गत बुधबार पोखरियामा पहिलो पटक बिजुली पुगेपछि पोखरिया क्षेत्रका झण्डै २२० परिवार लाभिान्वित भएका छन् । स्थानीय रामबहादुर खत्रीले बिजुली पुगेपछि गाउँलेले भेला भएर नाचगान गरेर खुशीयाली मनाएको बताए । प्रदेश नं १ का प्रदेशसभा सदस्य कलाकुमारी घले […]

बिजुली पुगेपछि खुशीयाली

विमल विष्ट, डोटी । पोल गाढेको वर्षौंपछि जिल्लाको केआइसिंह गाउँपालिका वडा नं १ गणेशकाडा र वडा नं ४ को मगरबस्तीमा राष्ट्रिय प्रसारणको विद्युत् सेवा पुगेको छ । वर्षौंपछि बिजुली पुगेपछि अहिले स्थानीय खुशी भएका छन् । सल्लाको दियालो र टुकीको भरमा उज्यालोको व्यवस्थापन गर्दै आएका स्थानीयले बिजुली बत्ती पाएपछि सरकारलाई धन्यबाद दिन थालेको केआइसिंह गाउँपालिका–१ […]

कैलाशका ३५० घुरधुरीमा बिजुली पुगेपछि स्थानीय खुसी

बझाङ : नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन पुगेपछि जयपृथ्वी नगरपालिका–१ कैलाशका ३५० घुरधुरीमा बिजुली बत्ती बल्न थालेको छ। दुर्गम गाँउमा बिजुली पुगेपछि स्थानीय खुसी भएका छन्। नगरपालिका भए पनि यस ठाउँका बासिन्दा वर्षौदेखि झरो र सोलार बालेर दैनिकी चलाउँदै आएका थिए। रविन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताए। ‘गाउँमा बत्ती नभएकाले मोबाइल चार्जसम्म हुँदैन थियो,’ उनले भने, ‘अब त्यो समस्या हट्यो। अहिले घर घरमा बिजुली बत्ती

टुकी बाल्ने ठाउँमा बिजुली पुगेपछि फेरियो गाउँको मुहार

वैशाख ७, तनहुँ । टुकीका भरमा जीवन निर्वाह गर्दै आएका तनहुँका दुई पालिकाका तीन वडामा बिजुली पुगेपछि गाउँको मुहार फेरिएको छ । जिल्लाको व्यास नगरपालिका–१३, १४ र बन्दीपुर गाउँपालिकाको वडा नं ६ मा बिजुली बलेपछि स्थानीयवासी खुशी भएका छन् ।  बन्दीपुर गाउँपालिका–६ को खहरेटार, ढाप, थुमथुमे तथा व्यास नगरपालिका–१३ र १४ को मास्दीघाट, सुढे, रिजाल्दीका गरी ११५ घरपरिवारमा विद्युत् विस्तार गरिएको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए ।   विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य त्यसक्षेत्रमा अघिल्लो वर्ष बत्ती बाल्ने योजना रहे पनि कोरोना र बाढी पहिरोको कारण ढिलाइ हुन गएको हो । उक्त क्षेत्रका सबै घरमा विद्युत् विस्तार गरिएको वितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजनाअन्तर्गत विद्युतीकरण आयोजना साइट इञ्चार्ज इञ्जिनीयर लक्ष्मण रेग्मीले बताए ।   जिल्लाको देवघाट र ऋषिङगाउँपालिकाका केही वडामा विद्युत् विस्तारको काम भइरहेको छ । उनले भने, ‘देवघाट गाउँपालिका–३ मा विद्युत् जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।’ उक्त वडामा विद्युत् जडानपश्चात् १५० बासिन्दा लाभान्वित हुने बताइएको छ । उनका अनुसार देवघाट गाउँपालिका–२ को सबै क्षेत्रमा विद्युत् जडान गर्ने कार्य बाँकी रहेको छ ।  देवघाट–१ को केही भागमा बत्ती बालिसकेको र केही क्षेत्रमा जडानको कार्य भइरहेको छ । त्यसैगरी ऋषिङ गाउँपालिका–६ मा ट्रान्समिटर जडान गरी विद्युत् लाइनको विस्तार कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ ।  सेती नदीपारिका दक्षिणी भेगमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाले सहयोग गरेको हो । कतिपय स्थानमा सामान ढुवानी गरेर लैजान गाह्रो हुने भएका कारणले गर्दा पनि समयमा सम्पन्न गर्न नसकिएको आयोजनाले जानकारी दिएको छ ।  तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लाका आठ हजार घरधुरीमा विद्युतीकरण गर्ने कार्यक्रम रहेको छ । ती घरधुरीमा विद्युतीकरणका लागि रू. ८८ करोड बजेट खर्च हुने अनुमान गरिएको छ । सोलार र टुकीका भरमा बस्दै आएका बन्दीपुर गाउँपालिका–६ खहरेटार, ढाप, थुमथुमेमा बत्ती बलेसँगै गाउँपालिका अन्धकारमुक्त बनेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।  व्यासनगरपालिका–१४ स्थित मास्दी, सुढे, रिजाल्दीमा यस अगाडि सौर्य ऊर्जा प्रयोग गर्दै आएका स्थानीयवासीको घरमा बिजुली पुगेपछि हर्षित भएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए ।  उक्त क्षेत्रमा विद्युत् विस्तारसँगै वडा अन्धकारमुक्त बनेको छ । उनले भने, ‘अहिले घरघरमा बिजुली पुगेपछि गाउँ नै झलमल्ल भएको छ भने गाउँको मुहार फेरिएको आभास गराएको छ ।’  रासस