काठमाडौंमा चल्न थाले साझाका बिजुली बस

२३ असार, काठमाडौं । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बसले आज बिहीबारदेखि काठमाडौंंमा सेवा थालेका छन् । पहिलो चरणमा ल्याइएका बिजुली बसले साझाले नियमित सेवा दिंदै आएका रुटहरुमा सेवा थालेको हो । बिहीबार बिहान साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गरेका छन् । साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले […]

सम्बन्धित सामग्री

साझाका बिजुली बस परीक्षण ६ महीना बित्दा पनि सकिएन

काठमाडौं । साझा यातायातले चीनबाट आयात गरेका ३७ ओटा बिजुली बस ६ महीनादेखि ग्यारेजमै थन्किएका छन् । गत असोज अन्तिम सातातिर नेपाल ल्याइएका ३७ ओटा बिजुली बस तिहारलगत्तै सञ्चालनमा ल्याउने भनिए पनि अझसम्म ग्यारेजबाट बाहिर निस्केका छैनन् । त्यसताका बस परीक्षणका लागि १ महीना पर्याप्त हुने र सबै कुरा ठीक भए १ महीनाभित्र सञ्चालन गर्न सकिने बताएको साझाले अझसम्म पनि परीक्षण नसकिएको दाबी गरेको छ । साझा यातायातका कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले परीक्षणको काम अझै नसकिएकाले बसहरू सञ्चालनमा नआएको बताए । ‘सबै प्रक्रिया पुर्‍याएर परीक्षण गर्दा केही समय लाग्यो । त्यसैले बसहरू सञ्चालन गर्न सकिएको छैन,’ उनले आर्थिक अभियानसँग भने । परीक्षणको काम नसकिएकाले कहिलेदेखि सडकमा आउँछन्, अहिले नै भन्न नसकिने उनले बताए । सरकारले साझालाई ३ सयओटा विद्युतीय बस किन्न ३ अर्ब रुपैयाँ दिएको छ । साझाले यी बस प्रतिगोटा १ करोड ५० लाख रुपैयाँका दरले किनेको हो । पहिलो लटमा ४० ओटा बस ल्याउनुपर्ने सम्झौताअनुरूप साझाले ती बस ल्याएको बताएको छ । बस आपूर्ति र मर्मतसम्भारका लागि चीनको सीएचटीसी (नान्जिङ) अटोमोबाइल कम्पनीसँग साझाले सम्झौता गरेको थियो । सिटी बसको डिजाइनमा बनेका यी सेमी–फ्लोर बस २५ जनाभन्दा बढी यात्रु क्षमताका छन् । यी बस वृद्ध, अशक्त र बालबालिकाका लागि उपयोगी मानिन्छन् । अपांगता भएका व्यक्तिका लागि समेत सुविधायुक्त ती बसमा ह्विलचियरबाट समेत सजिलै चढ्न सकिन्छ । टीभी, सीसी क्यामेरा र वाइफाई कनेक्टिभिटीको सुविधासहितका यी बसमा १ सय ६० किलोवाट क्षमताको ब्याट्री प्याकमा १ सय ६५ किलोवाटको मोटर जडान गरिएको छ । फुल चार्ज ब्याट्रीले २ सय किलोमीटरसम्मको माइलेज दिने बताइएको छ ।

काठमाडौंमा साझाका बिजुली बस सररर…(तस्बिरमा हेरौं)

काठमाडौं, २३ असार । साझा यातायातले आजदेखि बिजुली बसको सेवा औपचारिक रुपमा सुभारम्भ गरेको छ। साझाको पुल्चोकस्थित कार्यालयबाट बिजुलीका बसहरुको सेवाको संस्थापक अध्यक्ष विश्ववन्धु थापाले औपचारिक रुपमा सुभारम्भ गरेका हुन् । साझाले पहिलो चरणमा ल्याएका ३ वटा बिजुली बसले काठमाडौंमा सेवा दिन थालेका हुन् । साझाका नियमित सेवा दिँदै आएका रुटहरुमा बिजुली बसले आजदेखि सेवा […]

आजदेखि काठमाडौँमा साझाका बिजुली बस सञ्चालन

आजदेखि तीन वटा बिजुली बसले काठमाडौँमा सेवा थालेका छन्। साझा यातायातको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले आज बिहान औपचारिक रुपमा सेवा शुभारम्भ गरेका हुन्।...

फोटोफिचर: काठमाडौंमा गुड्न थाले साझाका बिजुली बस

काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बस गुड्न थालेका छन् । आज एक कार्यक्रमकाबीच साझाले ३ बिजुली बसको 'सफ्ट लन्च' गरेको हो । हाल साझासँग ३ वटा बिजुली बस छन् ।

फोटोफिचर: काठमाडौंमा गुड्न थाले साझाका बिजुली बस

काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बस गुड्न थालेका छन् । आज एक कार्यक्रमकाबीच साझाले ३ बिजुली बसको 'सफ्ट लन्च' गरेको हो । हाल साझासँग ३ वटा बिजुली बस छन् ।

साझाका बिजुली बस आजदेखि चल्ने, यस्ता छन् विशेषता

काठमाडौँ – साझा यातायातले नेपालमा पहिलो पटक बिजुली बस चलाउन सुरु गर्दैछ । इन्धनको भाउ आकासिएसँगै साझाले सुविधा सम्पन्न बिजुली बस चलाउने भएको हो। रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एयरपोर्ट रुटमा २ वटा बस चल्ने छन् भने लगनखेल, रत्नपार्क हुँदै बुढानीलकण्ठ रुटमा अर्को बस गरी तीन वटा चल्नेछ । बसका चालक र सहचालक महिला हुने […]

चीनका सडकमा परीक्षणका लागि गुड्दै साझाका बिजुली बस

२२ चैत, काठमाडौं । साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ल्याउन लागेका बसहरुको चीनका सडकमा परीक्षण सुरु भएको छ । साझा यातायातले आफ्नो ट्वीटर एकाउन्टमा राखेको भिडियो अनुसार चीनको उकालो सडकमा बिजली बसको परीक्षण भइरहेको …

साझाका विद्युतीय बस पहिलो चरणमा तीन ओटा आउँदै, चैतदेखि परीक्षण हुने

फागुन १०, काठमाडौं । साझा यातायातका बन्दै गरेका ४० ओटा बसमध्ये तीन ओटा बस आगामी चैत महीनाभित्र नेपाल आइसक्ने भएका छन् । पहिलो चरणमा तीन ओटा विद्युतीय बस आउन लागेका हुन् ।  साझाका बिजुली बस चीनको नयान्जिंगस्थित कारखानामा तयारीको क्रममा रहेको साझा यातायात सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितले बताएका छन् । हाल तीन ओटा विद्युतीय बस आउने र उपत्यकाका सडक र रूटमा प्रशिक्षण सफल भएपछि बाँकी ३७ ओटा बस आउने उनले जानकारी दिएका छन् । सरकारी स्वामित्वको साझा यातायातले ४० ओटा विद्युतीय बस खरीद गर्न लागेको हो । दीक्षितले सामाजिक सञ्जाल फेसबुकमा तयारी अवस्थामा रहेको बसको फोटो सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । ‘बिजुली यातायात शुरू गर्न हामी प्रतीक्षामा छौं । लुम्बिनी बिकास कोषले मगाएको तीन ओटा बिजुली बस सम्झौतामा साझा यातायातले चलाउन लागेको थियो तीन वर्षअघि, उद्घाटन पनि भयो, तर बस आयात कागजातको कारण बस सडकमा ल्याउने अनुमति मिल्न गएन । बिजुली परिवहनको शुरुवात भनेर तामझामका साथ उद्घाटन गरेका थियौं त्यति बेला, तर अड्को आइलाग्यो । यसपाली साझाको आफ्नै बस आउँदैछन्, उत्साहित छौं !’, दीक्षितले लेखेका छन् । साझा यातायातले विगत तीन वर्षदेखि विद्युतीय बस खरीद प्रक्रिया अगाडि बढाएको भएपनि सरकारले समर्थन नगर्दा ढिलाई हुँदै आएको थियो । गत वर्ष ३०० ओटा बिद्युतीय बस खरीद गर्न साझालाई सरकारले ३ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । तर, सो रकम फिर्ता लगेर पुन : साझा यातायातलाई नै फर्काएपछि विद्युतीय बस खरीद प्रक्रिया अघि बढेको थियो । विद्युतीय बस खरीदका लागि विभिन्न स्पेसिफिकेसनसहित खरीद प्रक्रिया अगाडि बढेको थियो । नेपाल आउन तयारी भएका विद्युतीय बस २५ सिटभन्दा माथिका हुने छन् । साझाले पटक पटक विद्युतीय बस खरीद प्रक्रिया अघि बढाए पनि सरकार नै बाधक बन्दा बस भित्रिन सकेका थिएनन् ।

आजदेखि काठमाडौंमा साझाका बिजुली बस गुडे

काठमाडौं – साझा यातायातले मंगलबारदेखि बिजुलीबाट चल्ने बस सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकामा चल्ने बसको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा उहाँले सन् २०२० सम्ममा कम्तीमा २० प्रतिशत विद्युतीय बस चल्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले विद्युतीय बसको प्रयोगले वातावरण संरक्षणमा टेव...