काठमाण्डाै - बेल्ट एण्ड रोडमा सहभागिता बढ्दै गएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ ।
चीनले अहिलेसम्म १ सय ७२ वटा देश तथा अन्तर्राष्ट्रिय संगठनसँग ‘बेल्ट एण्ड रोड'को साझा निर्माणसम्बन्धी दुई सय वटाभन्दा बढी सहयोगात्मक दस्ताबेजमा हस्ताक्षर गरिसकेको छ ।
उपवाणिज्य मन्त्री छङ खमिङले सन् २०१३ यता बेल्ट एण्ड रोडमा पाँच वटा मुख्य उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले चीनको व्यापार निरन्तर रुपमा सबल भएको, लगानी तथा सहकार्य निरन्तर रुपमा उकासिएको, आपूर्ति तथा सहयोगात्मक परियोजनाहरुमा प्रगति देखिएको जानकारी दिनुभएको चिनि...