काठमाडौं। चीनले ‘बेल्ट एण्ड रोड’ परियोजनासँग सम्बन्धित निर्णय फिर्ता लिन अष्ट्रेलियालाई धम्की दिएको छ। अष्ट्रेलियाले ‘बेल्ट एण्ड रोड’ परियोजना सम्बन्धि दुई सम्झौता रद्द गरेपछि चीनले धम्की दिएको हो। चिनियाँ राष्ट्रपति सी चिनफिङले सुरु गरेको ‘बेल्ट एण्ड रोड’ चीनको महत्वकांक्षी परियोजना हो। चीनले अष्ट्रेलियालाई शित युद्धको मानसिकता तथा वैचारिक पक्षपात त्याग्न र निर्णय सच्याउन भनेको छ।