गुजरा–५, पल्टुवास्थित रामजानकी इँटा उद्योगका सञ्चालक मोहन साहको मोबाइलमा अघिल्लो बिहीबार दिउँसो लगातार घण्टी बजिरह्यो । उनी हेरी राख्थे मात्र, तर फोन उठाउँदैनथे । तर फोनको घण्टी बज्नासाथ उनको अनुहार एकाएक मलिन बन्यो । उनी निराश देखिए । उनलाई तारन्तार फोन गर्ने व्यक्ति वीरगन्जका कोइला व्यवसायी थिए ।