चितवनका इँटा उद्योग संकटमा

चितवनका इँटा उद्योग संकटमा परेका छन् । ४० वटा उद्योगमध्ये गत वर्ष २ मात्र सञ्चालनमा थिए । चितवन इँटा व्यवसायी संघका अध्यक्ष नारायण सापकोटाले उद्योग विस्थापित हुने अवस्थामा पुगेको बताए । “यो वर्ष मुस्किलले ३–४ उद्योग चल्छन् होला” उनले भने, “गत वर्ष १६ उद्योग चलेनन् ।” संघमा ७ वर्ष यता १८ उद्योगहरु आवद्ध छन् । […]

सम्बन्धित सामग्री

आर्थिक समस्याका कारण रौतहटका इँटा उद्योग बन्द

रौतहट  । इँटाको माग घट्दै जाँदा रौतहटका इँटा उद्योग बन्द हुन थालेका छन् । इँटा उत्पादनको लागत मूल्यभन्दा कममा विक्री गर्न खोज्दा समेत ग्राहक पाउन छाडेपछि उद्योग संकटमा परेका हुन् । एकातिर लागत बढ्ने र अर्कोतिर विक्री नहुने समस्याले इँटा उद्योग धमाधम बन्द हुन थालेका छन् । कच्चा सामग्रीको मूल्य वृद्धि, जग्गा र उपयुक्त माटोको अभाव, मजदूरको अभाव, आर्थिक समस्या लगायत कारण उत्पादनको लागत बढेको गुजरा नगरपालिका–६ मा रहेको गिरी इँटा उद्योगका सञ्चालक पवन गिरीले बताए ।  उनका अनुसार स्तरीय इँटा उत्पादन गर्न प्रतिइँटा १३ रुपैयाँ लागत पर्छ । सो इँटा ११/१२ रुपैयाँसम्ममा पनि विक्री नभएपछि इँटा उद्योगी निराश बनेको उनको भनाइ छ । इँटाको मागमा ह्रास र इँटा उधारोमा विक्री भएको र समयमा भुक्तानी नपाउनु जस्ता विविध समस्याले उद्योग बन्द गर्नुपरेको अर्का इँटा उद्योगी शेख अमिरुल्लाहले गुनासो गरे । इँटा उत्पादनका लागि आवश्यक पर्ने कोइला भारतले नेपाललाई निर्यात नगर्दा इँटाको मूल्य बढेको उनको भनाइ छ । उनका अनुसार इँटा पोल्न आवश्यक पर्ने इन्धन ‘कोइला’ अमेरिका र इन्डोनेसियाबाट आयात गर्नुपर्ने बाध्यताले यहाँसम्म आइपुग्दा प्रतिकिलो ४१ देखि ४६ रुपैयाँसम्म लागत पर्छ । कोइलाको मूल्य बढ्नु, त्यो पनि बेलामा उपलब्ध नहुनु, माग घट्नु, लागतभन्दा कम मूल्यमा इँटा विक्री गर्नुपर्ने बाध्यता र उधारोमा विक्री गर्नुपर्ने लगायतका समस्या यो क्षेत्रमा रहेको उनको भनाइ छ । पोल्न तयार परिएको काँचो इँटा बेमौसमी वर्षाको कारण भिजेर क्षति बेहोर्दै आएका इँटा भट्टाका सञ्चालक यसपटक भने आर्थिक समस्यामा परेका छन् । इँटा व्यवसायमा देखिएको समस्या सरकारले बजेटमा सम्बोधन नगरेको इँटा उद्योग संघ रौतहटका सचिव मोहन साहले बताए । मूल्य अभिवृद्धिकर (भ्याट) र आयकरको हर्जाना सरकारले मिनाहा गर्नुपर्ने माग संघले अघि सारेको उनको भनाइ छ । राजपुरमा रहेका वेस्ट इँटा उद्योग, सिमरा भवानीपुरको आजाद, विनायक, गिरी इँटा उद्योग बन्द भएका छन् ।

भारतले कोइला रोकेपछि इँटा उद्योग संकटमा

युक्रेन रुस युद्वको कारण देखाउँदै भारतले रेल उपलब्ध गराउन नमानेपछि नेपालमा कोइला अभाव भएको छ। पछिल्लो १ हप्तादेखि नेपालमा कोइला आउन नसक्दा इँटा उद्योग संकटमा परेका हुन्। अमेरिका र इन्डोनेसियाबाट जहाजमा कोइला आउने गरेको छ। तर, युक्रेन–रुस युद्वका कारण आउने जहाजको संख्यामा कटौतीपछि कोइला आउन सकेको छैन। संकटसँगै कोइलालाई भारत सरकारले हल्दिया बन्दरगाहमा रोकेर राखेपछि नेपालमा कोइला संकट चुलिएको हो। उता भारतले आफ्नै देशमा माग उच्च बनेको भन्दै पछिल्लो ३ वर्षदेखि नेपाललाई कोइला आपूर्ति बन्द गरेको थियो। त्यसपछि नेपाली व्यवसायीले अन्य देशबाट कोइला आयात गर्न थालेका छन्।

उत्पादनको हबमै धमाधम बन्द हुँदै इँटा उद्योग

बारा र पर्सा आसपासको सीमावर्ती क्षेत्रलाई इँटा उत्पादनको हब मानिन्छ ।  यो क्षेत्रका इँटा उद्योगले देखको अन्य स्थानका उद्योगको तुलनामा सस्तो दरमा इँटा आपूर्ति गर्दै आएका छन् ।  तर कोरोना महामारी शुरू भएयता उत्पादनको मुख्य क्षेत्रका उद्योग संकटमा परेका छन् ।  कोरोना महामारीका कारण मजदूर अभाव भएपछि बारा र पर्साका ५० भन्दा बढी इँटा उद्योग भन्द भइसकेका छन् ।  भारतसँग सीमा जोडिएका जिल्लामा सञ्चालित उद्योगमा अधिकांश भारतीय मजदूरले काम गर्दै आएकोमा अहिले कामदार अभाव भएको उद्योग सञ्चालकहरू बताउँछन् । आर्...

इँटा उद्योगमा कोरोना कहर : उत्पादनको हबमै धमाधम बन्द हुँदै उद्योग

वीरगञ्ज (अस) । बारा र पर्सा र आसपासको सीमावर्ती क्षेत्रलाई इँटा उत्पादनको हब मानिन्छ । यो क्षेत्रका इँटा उद्योगले देशका अन्य स्थानका उद्योगको तुलनामा सस्तो दरमा इँटा आपूर्ति गर्दै आएका छन् । तर, कोरोना महामारी शुरू भएयता उत्पादनको मुख्य क्षेत्रका उद्योग संकटमा परेका छन् । कोरोना महामारीका कारण मजदूर अभाव भएपछि बारा र पर्साका ५० भन्दा बढी इँटा उद्योग बन्द भइसकेका छन् । भारतसँग सीमा जोडिएका जिल्लामा सञ्चालित उद्योगमा अधिकांश भारतीय मजदूर काम गर्दै आएकोमा अहिले कामदार अभाव भएको उद्योग सञ्चालकहरू बताउँछन् । इँटा व्यवयासी संघ बारा र पर्साका अनुसार कोरोना महामारी शुरू भएपछि आफ्नो घर गएका मजदूर फर्किएका छैनन् । बारम्बारको कोरोना लहरले मजदूर नपाएपछि ती उद्योग सञ्चालनमा आउन नसकेका हुन् । कोभिडको पहिलो लहरमा सामान्य असर देखिएकोमा दोस्रो र तेस्रो लहरसम्म आइपुग्दा उद्योग बन्द हुने क्रम बढ्दै गएको हो । अधिकांश यस्ता उद्योगमा भारतीय कामदार कार्यरत रहेको र कोरोनाका कारण मजदूर आपूर्ति हुन नसकेपछि उत्पादन नै बन्द गर्नु परेको संघका अध्यक्ष रामप्रकाश यादवले बताउँछन् । बारा र पर्सामा करीब २ सयको हाराहारीमा यस्ता उद्योग रहेकोमा अहिले १५० जति सञ्चालनमा रहेको अनुमान यादवको छ । इँटा उद्योग सञ्चालन हुन  नसक्दा यी उद्योगमा भएको करीब २ अर्ब रुपैयाँबराबरको लगानी जोखिममा परेको सञ्चालकहरूले बताएका छन् । एउटा उद्योगमा ३ देखि ५ करोड रुपैयाँसम्म लगानी हुने अनुमान उनीहरूको छ । सञ्चालनमा रहेका उद्योग पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् । यस्ता उद्योगमा अधिकांश भारतीय कामदार छन् । ‘कोरोना शुरू भएपछि भारत गएका मजदूर नफर्किएपछि उद्योग सञ्चालनमा समस्या भयो । पटकपटकको कोरोना लहरले उद्योगमा मजदूर अभाव भएको छ,’ एक उद्योगीले भने । सामान्यतया एउटा उद्योगले वर्षमा ६ पटकसम्म इँटा उत्पादन गर्दछन् । एक पटकमा ५ लाखदेखि ७ लाखसम्म इँटा उत्पादन हुने उद्योगी बताउँछन् । एउटा उद्योगमा १५० देखि २०० सम्म कामदारको खाँचो पर्दछ । सञ्चालनमा रहेका उद्योगले पनि न्यून जनशक्तिमा काम चलाइरहेको बताएका छन् । केही दिनदेखि पूर्वी नेपालका कामदार आएको र त्यसैको बलमा डेढ सयजति उद्योग सञ्चालनमा आएको यादवले बताए । कामदार अभाव भएपछि इँटाको लागत बढेको गुनासो उद्यमीहरूले गरेका छन् ।

जग्गा बेचेर ऋण तिर्दै इँटा व्यवसायीले

चितवन- मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण संकटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए ।जिल्लाको रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा उद्योग छन् । चितवन इँटा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार यस वर्ष चार÷पाँच उद्योगले मात्र […]

भारतीय मजदुरको गुनासो : 'कि काम देऊ कि माम देऊ'

दाङ :  लकडाउन थपिँदै जाँदा दाङमा  इँटा उद्योगमा काम गर्ने हजारौँ  भारतीय श्रमिक संकटमा परेका छन्। दाङमा २६ वटा इँटा उद्योग छन्। एउटा इँटा उद्योगमा एक सयदेखि साढे २ सय भारतीय श्रमिक काम गर्दै आएका छन्। अहिले  लकडाउनका कारण इँटा उद्योग बन्द भएपछि उद्योगमा काम गर्ने करिब  ७ हजार  भारतीय मजद...