गुल्मी : जिल्लाको कालीगण्डकी गाउँपालिकाको भगवती माविमा मतदान प्रक्रिया रोकिएको छ।भगवती माविको ‘ख’ केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने क्रममा ५५ वटा प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रमा मतदान भएपछि मतदान प्रक्रिया रोकिएको हो।अहिले गठबन्धनका नेताहरू र एमालेका नेताहरू अहिले सहमति गर्ने प्रयासमा रहेका छन्।