न्युरोड क्षेत्रमा सवारीसाधनको प्रवेशमा रोक हटाइयो

काठमाडौं । चाडपर्वको समयमा किनमेल गर्ने मानिसको भीडभाड बढेका कारण काठमाडौंको न्युरोड क्षेत्रमा गरिएको सवारीसाधनको ड्राइभर्सन खुला गरिएको छ । मानिसको भीडभाडका कारण न्युरोड गेट, कमलाक्षी, भोटाहिटी र इन्द्रचोकबाट सवारीसाधन न्युरोड क्षेत्र प्रवेशमा रोक लगाइएको थियो । न्युरोड क्षेत्रमा भीडभाड कम भएपछि सवारी ड्राइभर्सन हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ...

सम्बन्धित सामग्री

हनुमानढोका परिसर नो भेइकल जोन: सेना, प्रहरीका साधनमा समेत रोक लगाइने

काठमाडौं। काठमाडौंको प्रमुख पर्यटकीय स्थान हनुमानढोका परिसर पूर्ण रुपमा नो भेइकल जोन भएको छ ।  काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । प्राचीन सम्पदाको मौलिकता र सौन्दर्यतालाई जोगाउनका लागि महानगरले वसन्तपुरको हनुमानढोका परिसरसभित्र सवारी साधन प्रवेशमा रोक लगाएको हो । हनुमानढोकामा रहेका पुरातत्व हेरचाह अड्डा, नेपाल प्रहरी, नेपाली सेना र अन्य सरोकारवाला निकायको सवारीसाधनको प्रवेशमा पनि रोक लगाइने महानगरपालिकाका सम्पदा सल्लाहकार यादवलाल कायस्थले बताएका छन् । नो -भेइकल जोन सर्वसाधरणको लागि मात्रै होईन, हनुमानढोकामा रहेका पुरातत्व हेरचाह अड्डा, नेपाल प्रहरी, नेपाली सेना र अन्य सरोकारवाला निकायको सवारीसाधनको प्रवेशमा पनि रोक लगाइने छ,' उनले भने । महानगरका मेयर बालेन्द्र शाह 'बालेन'ले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले  मौलिकता जोगाउन आवश्यक भएको बताए । ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्’, उनले फेसबुकमा लेखेका छन्, ‘अनुभव गर्न र रमाउन लाखौँ पर्यटक आउन सक्छन् ।’ मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्लेख गर्दै हनुमानढोका परिसरभित्र गाडी निषेध गरिएको मेयर शाहले बताए । सम्पूर्ण गाडीहरु, एम्बुलेन्स, दमकल र पानीको गाडी बाहेक अरु सबै सवारी साधनलाई सोमवार देखि नै बन्द गरिसकिएको छ । सम्पदा क्षेत्रमा जानेहरुका लागि न्युरोड, विशाल बजार र अन्य बाहिरी क्षेत्रमा पार्किङ गर्नुपर्ने महानगरीय प्रहरी बल काठमाडौंका हनुमान ढोका इन्चार्ज ध्रुव भुजेलले बताए । तस्वीरहरु : सुनिल शर्मा / आर्थिक अभियान

आजदेखि न्युरोड जाने चारपाङ्ग्रे सवारीलाई खुल्ला, खुलामञ्चको पार्किङ हटाइयो

काठमाडौं । चाडपर्वको समयमा किनमेल गर्ने मानिसहरुको भिडभाड बढेका कारण न्युरोड क्षेत्रमा गरिएको चारपाङग्रे सवारी साधनको ड्राइभर्सन खुल्ला गरिएको छ । मानिसहरुको भीडभाडका कारण घटस्थापनाकाे दिनदेखि न्युरोडगेट, कमलाक्षी, भोटाहिटी र ईन्द्रचोकबाट सवारी साधन न्युरोड क्षेत्र प्रवेशमा रोक लगाइएको थियो । उक्त स्थानमा जाने मानिहरुको सुबिधालाई मध्येनजर गरी खुल्लामञ्चमा तोकिएको पार्किङ समेत हटाइएको उपत्यका ट्राफिक प्रहरी […]

न्यूरोडमा फूलपातीसम्म सवारी प्रवेश निषेध

काठमाडौँ । काठमाडौँको न्युरोड, जमल र भोटाहिटीमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबारबाट चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाएको हो । घटस्थापना, षष्ठी र फूलपातीमा  मोटरसाइकल प्रवेशमा पनि रोक लगाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । न्यूरोड गेट, भोटाहिटी चोक र जमलचोकबाट भित्र जान खोज्ने सवारीलाई खुल्लामञ्चमा पार्किङको […]

न्यूरोडमा फूलपातीसम्म सवारी प्रवेश निषेध

काठमाडौंको न्युरोड, जमल र भोटाहिटीमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबारबाट चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाएको हो ।घटस्थापना, षष्ठी र फूलपातीमा  मोटरसाइकल प्रवेशमा पनि रोक लगाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डिआइजी मिरा चौधरीले रातोपाटीलाई बताइन् । न्यूरोड गेट, भोटाहिटी चोक र जमलचोकबाट भित्र जान खोज्ने सवारीलाई खुल्लामञ्चमा पार्किङको व्यवस्था गरिएको छ ।चार पांग्रे सवारी साधनलाई असोज ८ (शनिवार) देखि नै प्रवेशमा रोक लगाइएको छ । चाडपर्वमा हु

नयाँ सडकमा चार पाङ्ग्रे निषेध

चाडपर्वको समयमा हुने सवारी चाप घटाउन सबै प्रकारका चार पाङ्ग्रे सवारीसाधनलाई काठमाडौँको नयाँ सडक (न्युरोड) क्षेत्रमा प्रवेश गर्न शनिबारदेखि रोक लगाइएको छ। सो क्षेत्रमा हुने सवारी चापलाई हेरेर यो व्यवस्था गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयले सूचना जारी गर्दै असोज ८ गतेदेखि फूलपातीसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुञ्जेलसम्म सो क्षेत्रमा सवारीसाधनको प्रवेशमा रोक लगाइएको जनाइएको छ। यो व्यवस्था असोज १६ गतेसम्म कायम रहने कार्यालयले जनाएको छ।

आजदेखि चारपांग्रे सवारी साधनलाई न्यूरोड प्रवेशमा रोक

काठमाडौँ ।आजदेखि सबै प्रकारका चारपांग्रे सवारी साधनलाई काठमाडौँको न्युरोड प्रवेश गर्न रोक लगाइएको छ । चाडपर्वको समयमा हुने चाप घटाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड गेटबाट सावरी साधनलाई प्रवेश गर्न रोक लगाएको हो । यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । यो व्यवस्था फूलपाती अर्थात यही असोज १६ गतेसम्म […] The post आजदेखि चारपांग्रे सवारी साधनलाई न्यूरोड प्रवेशमा रोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजदेखि चारपांग्रे सवारी साधनलाई न्यूरोड प्रवेशमा रोक

काठमाडौँ ।आजदेखि सबै प्रकारका चारपांग्रे सवारी साधनलाई काठमाडौँको न्युरोड प्रवेश गर्न रोक लगाइएको छ । चाडपर्वको समयमा हुने चाप घटाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड गेटबाट सावरी साधनलाई प्रवेश गर्न रोक लगाएको हो । यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । यो व्यवस्था फूलपाती अर्थात यही असोज १६ गतेसम्म […]

आजदेखि फूलपातीसम्म चारपाँग्रे सवारीलाई न्युरोड प्रवेशमा रोक

काठमाडौं, असोज ८ । आजदेखि फूलपातीसम्म दिउँसोको समयमा न्युरोड गेटबाट भित्र प्रवेश नपाउने भएका छन् । आजबाट फूतपातीसम्म बिहान १० बजेदेखि बेलुका सवारीको चाप कम नहुन्जेलसम्म न्युरोेड प्रवेश गर्ने चार पाँग्रे सवारीलाई खुलामञ्चमा पार्किङ गराइन लागेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा जारी सूचना जारी गर्दै असोज ८ गतेदेखि फूलपातीसम्म बिहान १० बजेदेखि साँझ […]

न्युरोडभित्र गाडी प्रवेशमा रोक लगाइँदै

काठमाडौंः काठमाडौं महानगरपालिकाले न्युरोडमा सवारीसाधन प्रवेशमा रोक लगाउने तयारी थालेको छ ।  यसका लागि महानगरपालिकाको सहरी योजना आयोगले आवश्यक गृहकार्य गरिरहेको छ । ‘न्युरोड सौन्दर्यकरण योजना’अनुरूप सवारीसाधनमुक्त क्षेत्रका रूपमा विकास गर्न लागिएको आयोगले ...