प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अमेरिकाको इन्डो-प्यासिफिक कमान्डले आयोजना गरेको वार्षिक सम्मेलनमा सहभागी भएको विषयमा जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले अस्ट्रेलियाको सिड्नीमा तीन दिन भएको वार्षिक सम्मेलनमा प्रधानसेनापति शर्माको सहभागिताबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएको हो ।