काठमाडौँ : गत साउनको पहिलो साता ललितपुरबाट फैलिएको डेंगुले यो वर्ष लगभग महामारीकै रूप लियो। साउनयता हालसम्म देशका ७७ जिल्लामा ५३ हजार ९५१ जना डेंगुबाट बिरामी भइसकेका छन्।भदौ, असोज र कात्तिकसम्म नेपालमा डेंगुका बिरामीको संख्या अत्यधिक भए पनि यसअघिका वर्ष भने मंसिर (जाडो याम) शुरु भएसँगै घट्दै जाने गर्थ्यो।यो वर्ष अहिले मंसिर अन्तिम सातामा आइपुग्दा समेत पहिलेजस्तो संक्रमण नघटेको बताउँछन्‚ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिड