काठमाडौं : साउनयता डेंगुका बिरामीको संख्या ५० हजारभन्दा माथि पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार साउनयता हालसम्म ५० हजार २६३ जना डेंगुका बिरामी भएका छन्। यही अवधिमा डेंगुबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ। साउनयता निरन्तर फैलिएको डेंगु जाडो याम शुरु भएपछि भने घट्ने क्रममा रहेको चिकित्सकहरूले बताएका छन्। देशका ७७ वटै जिल्लामा डेंगु फैलिइसकेको छ।