चितवन – चितवनका पाँच वटा राजनीतिक दलले आउँदो स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । आज साेमवार बिहान बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले वैशाख ३० गते हुने चुनावमा चितवनका सात वटै पालिकामा गठबन्धन गर्ने निर्णय गरेको हो ।
कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले सात वटै पालिकामा गठबन्धनका दलहरूको बैठक बसेर संयन्त्र निर्माण गर्ने निर्णय गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । चितवनमा भरतपुर महानगर...