सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिअन्तर्गत गुह्येश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्त्विक संरचनाको अनुगमन गरेकी छिन् । बुधबार अनुगमनका गर्दै उनले आयोजना क्षेत्र अस्तव्यस्त देखिएको भन्दै यसबारे मन्त्रालयमा थप छलफल गरिने बताइन् । मन्त्री झाँक्रीले आयोजनाको काम तोकिएको समयमा सक्न पनि निर्देशन दिइन् । मन्त्री झाँक्रीले निर्माण क्षेत्रमा रहेका सत्तलमा आश्रित रहेका परिवारहरूको व्यवस्थापनबारे मन्त्रालयले सकारात्मक प