उपत्यकामा निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय, थप कडाइ गरिने

काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा थप १५ दिन थपिएको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । जारी निषेधाज्ञा जेठ १३ गते राती १२ बजे सम्म थप भएको छ । त्यस्तै बैठकले निर्माण सामग्री दिउसोमा ल्याउन नपाइने निर्णय गरेको छ । बैठकले विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पार्टी प्यालेसमा गर्न रोक लगाएको छ । विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने निर्णय गरेको भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकाका सीडीओहरूको बैठक बस्दै, निषेधाज्ञामा थप कडाइ गरिने

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । आज बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरूको बैठकले निषेधाज्ञा थप गर्नेछ ।  कोरोना संक्रमण बढ्दै गइरहेका बेला निषेधाज्ञामा थप कडाइ गर्ने विषयमा पनि छलफल हुने भएको छ ।  ‘आज बैठक बस्दैछ, निषेधाज्ञामा कडाइ गर्ने विषयमा सल्लाह हुँदैछ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘निषेधाज्ञा कति दिन थप्ने भन्ने छलफलबाटै टुंगिन्छ ।’ काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि (बुधवार) राति १२ बजेदेखि सकिँदैछ ।

उपत्यकाको निषेधाज्ञामा थप कडाइ

काठमाडाैं। काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ। जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्दै अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आजदेखि लागू हुनेगरी एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो। यसपालि किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको छ।

काठमाडौंमा थप कडाइ : के गर्न पाइन्छ, के पाइँदैन ? (सूचीसहित)

स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा जारी छ । प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले जारी निषेधाज्ञालाई थप कडा पारेर जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । पहिलोपटक एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा पटक–पटक थपिए पनि का

उपत्यकामा 'मर्निङ वाक' बन्द

काठमाडौं। जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ। एक सातासम्म थपिएको निषेधाज्ञामा किरानापसल र डिपार्टमेन्टल स्टोरसँगै 'मर्निङ वाक' पनि बन्द गर्ने प्रशासनले बताएको हो। काठमाडौं उपत्यकामा लागू हुने गरेर जेठ २० गतेसम्मलाई निषेधाज्ञा थपिएको छ।

काठमाण्डौ उपत्यकामा थप कडाइसहित निषेधाज्ञा जेठ २० गतेसम्म लम्बियो

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा आउँदो जेठ २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जेठ २० गतेसम्म निषेधाज्ञा थपिएको हो । मङ्गलवार (आज) बसेको काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने र निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अघिल्लो महिना १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो । सुरुमा एक हप्ताका ...

काठमाण्डौ उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी : थप कडाइ हुने

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार निषेधाज्ञा थपसहित सरकारले जारी गरेको अध्यादेश, स्वास्थ्यका मापदण्ड पालनामा भइरहेको प्रयास र थप कडाइ, अस्पतालमा अक्सिजन व्यवस्थापन लगायतका विषयमा छलफल गर्न आज दिउँसो तीन जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठक बस्न लागेको हो ।  कोरोनाको सङ्क्रमण बढ्न थालेपछि अघिल्लो महिनाकाे १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो । सुरुमा एक हप्ताका लागि लाग...

७३ जिल्लामा निषेधाज्ञा

कोरोना (कोभिड–१९) सङ्क्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको छ । उपत्यकामा विभिन्न थरीका सवारी पासका नाममा सडकमा चहलपहल बढी देखिएको भन्दै बिहीबारदेखि थप कडाइ थालिएको छ ।गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्नसमेत निर्देशन दिएको छ । मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वी रुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।त्यस्तै काभ्रेपलाञ्चोक, मकव

निषेधाज्ञामा आजदेखि थप कडाइ

१७ वैशाख, काठमाडौं । सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थालेको छ । पहिलो दिनमा केही खुकुलो गरिए पनि अब कडाइ गरिने गृहमन्त्रालयका अधिकारीको भनाइ छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौं उपत्यकामा पहिलो दिन निषेधाज्ञा केही खुकुलो बनाए पनि आजबाट कडाइका साथ पालना गराइने बताए ।ट्राफिक जामका कारण बाटोमै अड्किएका […]

उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, थप कडाइ गर्ने तयारी

काठमाडौं । कोरोना महामारी बढेपछि उपत्यकामा थप कडाइ गर्ने तयारी गरिएको छ । कोरोना रोकथामबारे रणनीति बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ ।सोमबार मध्यान्ह १ बजे संयुक्त बैठक बस्ने लागिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीलाई बताए । संकट ब्यवस्थापन केन्द्र (सिसीएमसी)ले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । उपत्यकामा थप क्षेत्रमा कडाइ गर्ने प्रशासनको तया