काठमाण्डाै – काठमाण्डौ उपत्यकामा आउँदो जेठ २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जेठ २० गतेसम्म निषेधाज्ञा थपिएको हो ।
मङ्गलवार (आज) बसेको काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने र निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।
कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अघिल्लो महिना १६ गतेदेखि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू गरिएको हो । सुरुमा एक हप्ताका ...