स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा जारी छ । प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले जारी निषेधाज्ञालाई थप कडा पारेर जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । पहिलोपटक एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा पटक–पटक थपिए पनि का