काठमाडौं उपत्यकाका सीडीओहरूको बैठक बस्दै, निषेधाज्ञामा थप कडाइ गरिने

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । आज बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरूको बैठकले निषेधाज्ञा थप गर्नेछ ।  कोरोना संक्रमण बढ्दै गइरहेका बेला निषेधाज्ञामा थप कडाइ गर्ने विषयमा पनि छलफल हुने भएको छ ।  ‘आज बैठक बस्दैछ, निषेधाज्ञामा कडाइ गर्ने विषयमा सल्लाह हुँदैछ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘निषेधाज्ञा कति दिन थप्ने भन्ने छलफलबाटै टुंगिन्छ ।’ काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि (बुधवार) राति १२ बजेदेखि सकिँदैछ । 

सम्बन्धित सामग्री

उपत्यकाका सीडीओहरुको संयुक्त बैठक बस्दै, निषेधाज्ञामा थप कडाइ गरिने

न्युज अफ नेपाल , काठमाडौं। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठक आज बस्दै छ ।कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यका लगायत देशका अन्य सहरी जिल्लाहरुमा लकडाउन समेत लागू गरिएको छ। निषेधाज्ञा लगाए पनि प्रभावकारी नदेखिएको भन्दै अझ कडाइ गर्ने विषयमा बैकठमा छलफल तथा निर्णय हुने […]

तीनै जिल्लाका सिडियोको बैठक बस्दै, उपत्यकामा थप कडाइ गरिने

काठमाडौं : काठमाडौं उपत्यकामा थप निषेधाज्ञा कडाइ गरिने भएको छ। कुनकुन क्षेत्रमा कडाइ गर्नेबारे सोमबार तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरू बैठक बस्दै छन्।जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले साँझ ६ बजे बैठक बस्ने जानकारी दिए।उनले भने,‘कोरोना संक्रमण दर बढेको बढ्यै छ,सर्वसाधारणहरू सडकमा हिँडिरहेका छन्,अब यसरी हुँदैन कडाइ गर्नुपर्छ भन्ने हाम्रो योजना छ।’उनका अनुसार जारी निषेधाज्ञाको समीक्षा गर्दै थप क्षेत्रमा कडाई गरिनेछ। हाल काठ

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक आज बालुवाटारमा अपराह्न ४ बजेका लागि बोलाइएको छ । बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रणका विषयमा सीसीएमसीको प्रस्तावलगायत बारेमा छलफल हुने बताइएको छ । शुक्रबार बसेको सीसीएमसी बैठकले कोभिड–१९ नियन्त्रणका लागि वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय...

उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, थप कडाइ गर्ने तयारी

काठमाडौं । कोरोना महामारी बढेपछि उपत्यकामा थप कडाइ गर्ने तयारी गरिएको छ । कोरोना रोकथामबारे रणनीति बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ ।सोमबार मध्यान्ह १ बजे संयुक्त बैठक बस्ने लागिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीलाई बताए । संकट ब्यवस्थापन केन्द्र (सिसीएमसी)ले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । उपत्यकामा थप क्षेत्रमा कडाइ गर्ने प्रशासनको तया