गुल्मीमा प्याराग्लाइडिङको सम्भावना रहेको सरोकारवालहरुले बताएका छन् । १५ दिनको प्याराग्लाइडिङ महोत्सवपछि स्काइलाइन प्याराग्लाइडिङ पोखराका सञ्चालक तथा पाइलट भुवन गाहाले मालिका व्यावसायिक प्याराग्लाइडिङको हिसाबले पोखराको विकल्प बन्न सक्ने बताए । जिल्लाको मालिका गाउँपालिकाको देउराली डाँडा प्याराग्लाइडिङका लागि उपयुक्त भएको उनले जानकारी दिए ।१५ दिनसम्म सञ्चालन भएको मालिका प्याराग्लाइडिङ महोत्सवमा ८६ वटा उडान भएका छन् । […]