गुल्मी – गुल्मीमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । गएको वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन १६ प्रतिशतले बढेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
गएको वर्ष गुल्मीमा पाँच सय ३० हेक्टर क्षेत्रफलमा पाँच हजार नौ सय ३६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियाे । गुल्मीमा नौ सय ९७ हेक्टर क्षेत्रफमा सुन्तला खेती हुँदै आएको छ । यस वर्ष नाै सय ९७ हेक्टर क्षेत्रफलमा छ हजार आठ सय ३८ मेट्रिक टन सुन्तला उत्पादन भएकाे ज्ञान केन्द्रले जनाएको छ । जसको उत्पादकत्व ११ दशमलव ८० मेट्रिक टन प्र...