काठमाडौँ। महिला शिक्षक एक जनालाई प्रदान गरिने गरी ५१ हजार रुपैयाँको ‘मीना दिदी पुरस्कार’ स्थापाना भएको छ। समाजसेवी तथा प्राध्यापक आरती कार्की र मदन पुरस्कार विजेता लेखक नीलम कार्की निहारिकाबाट आमा मीनाकुमारी कार्कीको नाममा पुरस्कार राखिएको हो। मीनाकुमारीले २०२३ सालदेखि अध्यापन सुरु गरेकी थिइन्। उनले अर्घाखाँची र पाल्पा झडेवाको किसान माविमा गरी अविछिन्न २७ वर्ष […]
काठमाडौं– २१ फागुनको निर्वाचनको लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने अन्तिम दिन आज निर्वाचन आयोगको कार्यालय कान्तिपथमा भिड बढ्न थालेको छ । समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन हिजो र आज दुई दिनको समय दिइएको थियो । ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रास्वपासहितका दलले सूची बुझाएका छैनन् । तस्बिरहरु : बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी
काठमाडौं– सर्वोच्च अदालतमा सरकार र जेन-जी पुस्ताबीच भएको १० बुँदे सम्झौता असंवैधानिक भएको भन्दै गर्दै दायर भएको रिट निवेदन आज ‘हेर्न नभ्याइने’ भएको छ । न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आज पेसी तोकिएको भए पनि अरू मुद्दाको सुनुवाइ गर्दागर्दै हेर्न नभ्याइने सूचीमा परेको हो । यसअघि, न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले […]