काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र रोमानियाकी परराष्ट्रमन्त्री ओआना–सिल्भिया तोइउबीच न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको साइडलाइन भेटवार्तामा नेपाल–रोमानिया सम्बन्ध तथा पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको हो। भेटवार्तामा दुवै परराष्ट्रमन्त्रीहरूले नेपाल र रोमानियाबीच बढ्दो द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ गर्ने विषयमा विचारविमर्श गर्नुभयो। आपसी लाभका […]