दाङ । नेपाल संस्कृत विश्वविद्यालयले शैक्षिक, प्राज्ञिक, अनुसन्धानात्मक तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने भएको छ। विश्वविद्यालयका विभिन्न अङ्ग–निकाय तथा महाशाखाका प्रमुखहरूसँग बिहीबार दाङमा भएको छलफलमा विश्वविद्यालयको समग्र संस्थागत सुधारका लागि अनुसन्धान, ग्रन्थ प्रकाशन, प्रविधिको प्रयोग, पुस्तकालय व्यवस्थापन र शिक्षण सिकाइलाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालिएको हो। उपकुलपति प्रा.डा. भीमप्रसाद खतिवडाको अध्यक्षतामा भएको […]