समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत

काठमाडौं (अस) । संघीय सरकारले आर्थिक वर्ष (आव) २०७९/८० मा प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको ढाँचा, अंश एवं वित्तीय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सोमवार प्रवक्ता कार्कीले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा प्रेमराज भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको पनि बताए । उनका अनुसार सरकारले विद्युत् नियमन आयोगको रिक्त सदस्य पदमा गौतम डंगोललाई नियुक्त गरेको छ । त्यस्तै सरकारले हाइलेज एक्सपोर्ट फर्म नेपाल टु चाइनासम्बन्धी समझदारी पत्रमा नेपालका तर्फबाट चिनियाँ समकक्षीअनुसारको तहबाट हस्ताक्षर गर्ने व्यवस्था मिलाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ । ‘खानेपानी मन्त्रालयअन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ,’ प्रवक्ता कार्कीले भने, ‘सरकारले पाँचौं बिमस्टेक शिखर सम्मेलनमा बिमस्टेक वडापत्रलगायत अन्य दस्तावेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न स्वीकृति दिनेसमेत निर्णय गरेको छ । प्रहरी दशौं संशोधन नियमावली २०७८ पनि स्वीकृत भएको छ ।’ श्रीलंकाको कोलम्बोमा चैत १६ मा आयोजना हुने बिमस्टेक सदस्य राष्ट्रहरूको पाँचौं शिखर सम्मेलनमा प्रधानमन्त्री भर्चुअल रूपमा सहभागी हुने र बिमस्टेक मन्त्रीस्तरीय र परराष्ट्रसचिव स्तरीय बैठकका लागि नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए । त्यस्तै, आगामी २०७९ जेठ १९ गतेदेखि २० गतेसम्म स्वीडेनको स्टक होममा हुने एलडीसी इन्गेजमेन्ट स्ट्राटेजी कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री रामशाहप्रसाद यादव र सचिव डा. प्रेम नारायण कँडेललाई स्वीकृति दिने, चैत १४ गते दुबईमा हुने हाई लेभल सेग्मेन्ट अफ द मिडिल स्टील अफ द अफ्रिका क्लाइमेट विक २०२२ एमईएनएसीडब्ल्यू सम्बन्धी कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री रामशाहप्रसाद यादवलाई स्वीकृति दिनेसमेत निर्णय गरेको छ । चैत १० देखि १३ सम्म भारतको हैदराबादमा आयोजना हुने विङ्स इन्डिया २०२२ नामक कार्यक्रम र चैत ११ गते आयोजना हुने मिनिस्ट्रियल क्लिनरी सेसनमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई स्वीकृति दिने निर्णयसमेत गरेको छ । त्यस्तै, सरकारले पाथिभरा क्षेत्र विकास कोषको अध्यक्षमा रक्की थेबेलाई चयन गरेको छ ।

सम्बन्धित सामग्री

वित्तीय समानीकरण अनुदान सामान्य वृद्धि, स्थानीय तहलाई कम्तीमा साढे ६ करोड

चालु आवका लागि वित्त आयोगले सरकारलाई १ खर्ब ४६ अर्ब २ करोड ४ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदानका रूपमा सिफारिस गरेको थियो ।

अर्थ मन्त्रालयलाई वित्त आयोगको पत्र : वित्तीय समानीकरण अनुदान कटौती नगर्नू

८ असार, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान कटौती नगर्न अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । चालु आर्थिक वर्ष २०७९/८० को वित्तीय समानीकरणको अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौतीपछि स्थानीय तहरु मारमा परेको भन्दै वित्त आयोगले अर्थ मन्त्रालयलाई परिपत्र गर्दै यस्तो आग्रह गरेको हो । गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल […]

कर्णालीमा १० अर्ब समानीकरण अनुदान, अन्य ६ प्रदेशमा भन्दा २ अर्ब बढी विनियोजन

संघीय सरकारले आगामी आर्थिक वर्षको नयाँ बजेटमा कर्णाली प्रदेशलाई सबैभन्दा बढी समानीकरण अनुदान दिएको छ । विगतका वर्षमा पनि धेरै समानीकरण अनुदान पाउँदै आएको कर्णाली आगामी आवका लागि पनि मुलुकका सात प्रदेशमध्ये कर्णालीले सबैभन्दा धेरै १० अर्ब बढी समानीकरण अनुदान वित्तीय हस्तान्तरण प्राप्त गरेको हो । कर्णालीमा संघीयता कार्यान्वयनकै सात वर्षमा सबैभन्दा धेरै चारै शीर्षकअन्तर्गत […]

समानीकरण अनुदान घटाउनुको अर्थ

चालू आर्थिक वर्ष राजस्व असुलीमा आएको गिरावटको असर विकास निर्माणमा समेत देखिन थालेको छ । सरकारले प्रदेश र स्थानीय तहमा जाने समानीकरण अनुदानको अन्तिम किस्ता ५० प्रतिशतमात्र दिने निर्णय गरेको छ । सरकारले दुवै तहका लागि २३ अर्ब १३ करोडबराबर समानीकरण अनुदान रोक्का गरेको हो । यसमा सात प्रदेशका लागि ९ अर्ब ९३ करोड ६८ […]

नरैनापुरलाई ६६ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान

बाँकेको नरैनापुर गाउँपालिकाले आगामी आर्थिक वर्षमा ६६ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने भएको छ । स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट पालिका घोषणा भएपछि नरैनापुरले उक्त अनुदान पाउने भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको टोलीले आइतबार नरैनापुरको स्थलगत निरीक्षण गरे पश्चात जनप्रतिनिधि र कर्मचारीसँग कुरा गर्दै अध्यक्ष बालानन्द पौडैलले उक्त जानकारी […]

वित्तीय समानीकरण अनुदान चार किस्तामा हस्तान्तरण हुने

३ साउन, काठमाडौं । तल्लो सरकारले प्राप्त गर्ने गरी विनियोजन भएको वित्तीय समानीकरण अनुदान चार किस्तामा हस्तान्तरण गरिने भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई चालु आर्थिक वर्ष २०७९/८० को बजेट कार्यान्वयन मार्गदर्शन पठाउँदै यस्तो जानकारी गराएका हुन् । उनका अनुसार वित्तीय समानीकरण अनुदानको एक चौथाइले हुन आउने रकम सम्बन्धित […]

कर्णालीमा १० अर्ब समानीकरण अनुदान

जुम्ला-संघीय सरकारले प्रदान गर्ने विभिन्न चार वटा शिर्षकका अनुदानमध्ये समानीकरण अनुदानतर्फ आगामी आव २०७९/०८० का लागि सबैभन्दा बढी कर्णाली प्रदेशलाई विनियोजन भएको छ ।अर्थमन्त्री जनार्दन शर्माले गएको आइतबार सार्वजानिक गरेको बजेट अनुसार मुलुकका ७ वटा प्रदेशमध्ये कर्णाली प्रदेशलाई सबैभन्दा बढी समानीकरण अनुदान विनियोजन गरिएको हो ।अन्तसरकारी वित्त हस्तान्तरण प्रदेशगत अनुसार कर्णाली प्रदेशलाई सबैभन्दा बढी १० […]

आगामी बजेटमा स्थानीय र प्रदेशले पाउने समानीकरण अनुदान १ खर्ब ६१ अर्ब

आगामी आर्थिक वर्ष २०७९/८० मा केन्द्र सरकारबाट स्थानीय तह र प्रदेश सरकारले कुल १ खर्ब ६१ अर्ब ६६ करोड ३४ लाख रुपैयाँ बराबरको वित्तीय समानीकरण अनुदान पाउने भएका छन् ।

वित्तीय समानीकरण अनुदान सिफारिस फागुनभित्रै

प्राकृतिक स्रोत तथा वित्त आयोगले यसै महिना वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने भएको छ । आयोगले फागुन मसान्तभित्र समानीकरण अनुदानको परिमाण तोकी संघीय सरकारलाई सिफारिस गर्ने भएको हो ।आयोगका प्रवक्ता कृष्णबहादुर बोहोराले भने, “विज्ञहरुलाई राखेर यस विषयमा छलफल चलिरहेको छ । यसै महिना समानीकरण अनुदानको परिमाण सिफारिस हुन्छ । त्यसपछिको प्रक्रिया पनि अगाडि बढ्दै जान्छ […]

वित्तीय समानीकरण अनुदानको दुरुपयोग रोक्न मन्त्रालयको पत्र

मुगुको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाकर पौडेल स्पष्ट छन्, वित्तीय समानीकरण अनुदान विकासको काममा खर्चिनुपर्नेमा । तर नगरका राजनीतिक पदाधिकारीहरूले पौडेलले भनेको मानेनन् । ती पदाधिकारीले वित्तीय समानीकरण अनुदानलाई फजुल किसिमले खर्च गर्न खोजे । भनेको नमानेपछि पौडेलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा वित्तीय समानीकरण अनुदान खर्च गर्ने बारेमा सोधीखोजी गर्दै पत्राचार […]