निषेधाज्ञा थप गर्ने विषयमा सिडिओ‌हरुको बैठक बस्दै, जिल्ला सिसिएमसी बैठकमा सार्वजनिक सवारी खोल्न सुझाव

काठमाडौँ- काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप गर्ने विषयमा आइतबार अपराह्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ। बैठकले निषेधाज्ञा थपका विषयमा निर्णय गर्नेछ। पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि सोमबार सकिँदैछ। काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा रहेको छ। पछिल्लो पटक थपिएको निषेधाज्ञा भने केही खुकुलो छ। निजी सवारी साधनहरुलाई जोर-बिजोर आधारमा सन्चालन गर्न […]

सम्बन्धित सामग्री

काठामाडौं उपत्यकामा आजबाट निषेधाज्ञामा थप कडाई

काठमाडौं।काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा बनाइएको छ।अर्को सूचना प्रकाशित नहुन्जेलसम्म हरेक दिन साँझ ८ बजे देखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलाउन पाइने छैन।“ अत्यावश्यक सेवा,ढुवानीका सवारी साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नु पर्नेछ”,काठमाडौं जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

निषेधाज्ञा थपिएको थपियै, बजारमा झन बढ्दो चहलपहल

नवलपुर– गत वैशाखदेखि जारी गरिएको निषेधाज्ञाले पूर्वी नवलपरासी जिल्लामा निरन्तरता पाइरहेको छ । निजी तथा सार्वजनिक सवारी साधनदेखि बजार पूर्ण रुपमा सञ्चालन भई चहलपहल बढिरहे जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा जारी गर्न भने छाडेको छैन । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको विपद व्यवस्थापन समितिको वैठकले आगामी साउन ३२ गतेसम्म लागू हुने गरी निषेधाज्ञा थप […]

रुपन्देहीमा निषेधाज्ञा जारी, जोर–बिजोर प्रणाली हटाइयो

बुटवल । रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली हटाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञा थप खुकुलो पार्दै सार्वजनिक सवारी सञ्चालनमा यसअघि कायम रहेको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । बैठकले निषेधाज्ञा भने जारी राख्ने निर्णय गरेको छ ।व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाइएको छ । यसअघि रुपन्देहीमा अन्य व्यवसायहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्ने गरी समयसीमा राखिएको

रुपन्देहीमा खुकुलो बनाएर असार ३१ सम्म निषेधाज्ञा थप

२१ असार, बुटवल । रुपन्देहीमा खुकुलो बनाएर असार मसान्तसम्म निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार बसेको बैठकले असार ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । निषेधाज्ञा अवधिमा सार्वजनिक सवारी साधन जोर–बिजोर प्रणालीमै चल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले बताए । यस्तै […]

चितवनमा असार २४ गतेसम्मका लागि निषेधाज्ञा थप

चितवन, असार १६ । चितवन जिल्लामा निषेधाज्ञा थप गरिएको छ । असार १७ गतेसम्म रहेको निषेधाज्ञा पुनः थप गरी असार २४ गते सम्म लम्ब्याइएको छ । जिल्लामा साना सार्वजनिक सवारी साधनसमेत चल्न दिइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । बढीमा २ जनासम्म यात्रु राखी जोर विजोर प्रणाली अनुसार तीन पाँग्रे सवारी अटो टेम्पु […]

डोटीमा असार २० गतेसम्म निषेधाज्ञा थप

जिल्लामा कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गत वैशाखबाट शुरु गरिएको निषेधाज्ञाको अवधि यही असार २० गतेसम्मका लागि थप गरिएको छ ।  जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए । थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, निर्माण सामग्रीका पसल बिहान ७ः ०० देखि ११ः ०० बजेसम्म खोल्न पाइने केन्द्रले जनाएको छ । यसैगरी सार्वजनिक सवारी साधन पनि जोरबिजोर प्रणालीका आधारमा जिल्ला

काठमाडौं उपत्यका जेठ ३१ गतेसम्म निषेधाज्ञा, किराना पसल बिहान ९ बजेसम्म खुला

काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जेठ २१ गतेबाट अत्यावश्यक खाद्यसामग्रीका पसलहरु बिहान ९ बजेसम्म खुला गर्ने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । त्यस्तै, अत्यावश्यक ढुवानीका साधन राति ९ बजेदेखि बिहान ११ बजेसम्म चल्न पाउने निर्णय भएको छ । सार्वजनिक सवारी साधन भने जेठ ३१ गतेसम्म सञ्चालन गर्न नपाइने भएको छ ।