रुपन्देहीमा निषेधाज्ञा जारी, जोर–बिजोर प्रणाली हटाइयो

बुटवल । रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली हटाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञा थप खुकुलो पार्दै सार्वजनिक सवारी सञ्चालनमा यसअघि कायम रहेको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । बैठकले निषेधाज्ञा भने जारी राख्ने निर्णय गरेको छ ।व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाइएको छ । यसअघि रुपन्देहीमा अन्य व्यवसायहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्ने गरी समयसीमा राखिएको

सम्बन्धित सामग्री

जब प्रहरीले सिट्ठी फुक्छ...

रुपन्देही । नेपालमा दोस्रो चरणको भेरियन्टले धेरैको ज्यान लिइसक्यो । अझै कति लिने हो, त्यसको कुनै मापन छैन । नागरिकको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै, सरकारले वैशाख १६ गते देखि रुपन्देहीमा निषेधाज्ञा जारी गर्‍यो । तर, उक्त निषेधाज्ञा नाम मात्रैको बन्न पुगेको छ ।

रुपन्देहीमा आज ७९७ कोरोना संक्रमित थपिए, ४ जना संक्रमितको मृत्यु

बुटवल : रुपन्देहीमा निषेधाज्ञा जारी भएपनि कोरोना संक्रमित थपिने क्रम बढिरहेको छ। निषेधाज्ञालाई कडा बनाएको दावी गरेपनि रुपन्देहीमा अहिले सम्मकै बढी संक्रमित थपिएका हुन। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुटवल उपमहानगरमा मात्र ३३२ जना नयाँ संक्रमित थपिएका…