बागमती प्रदेशमा ‘एक घर, एक धारा’ निर्माण अभियान

हेटौंडा । बागमती प्रदेशमा ‘एक घर एक धारा’ निर्माण अभियान अघि बढाइएको छ । बागमती प्रदेश सरकारले प्रदेशमा खानेपानी समस्या समाधान गर्न र सहज आपूर्तिका लागि सो अभियान अघि बढाएको हो । आगामी ५ वर्षभित्र प्रदेशका १३ जिल्लाका सबै घरमा खानेपानी धारा जोड्ने अभियान अन्तर्गत प्रदेश सरकारले कार्यक्रम अघि बढाएको छ । उक्त अभियान अन्तर्गत प्रदेश खानेपानी तथा सरसफइ डिभिजन नं १ को कार्यालय हेटौंडाले आर्थिक वर्ष २०७७÷७८ मा आठओटा खानेपानी आयोजना सम्पन्न गरेको जानकारी दिएको छ । कार्यालयले संघीय सशर्त अनुदानतर्फ रहेका ७८ आयोजनामध्ये चितवनमा तीन र मकवानपुरमा पाँच आयोजना सम्पन्न गरेको कार्यालय प्रमुख सन्तोष श्रेष्ठले बताए । निर्माण सम्पन्न भएको खानेपानी आयोजनाबाट ११ हजार ११९ घरपरिवार लाभान्वित भएको सो कार्यालयले बताएको छ । त्यसैगरी आधारभूत खानेपानीतर्फ गत आर्थिक वर्षमा ४४ ओटा आयोजना सम्पन्न भएको थियो । त्यसको कुल बजेट ६० करोड २९ लाख रहेकोमा ५३ करोड २५ लाख खर्च गरी ८८ प्रतिशत वित्तीय प्रगति र ९४ प्रतिशत भौतिक प्रगति हासिल गरिएको श्रेष्ठले जानकारी दिए । यसअघि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा १८ ओटा र आर्थिक वर्ष २०७६/७७ मा १५ ओटा गरी कुल ३३ ओटा आधारभूत खानेपानी आयोजना सम्पन्न गरिसकेको छ । प्रदेशको राजधानी हेटौंडामा पछिल्लोपटक मागअनुसारको खानेपानी आपूर्ति भएको छ । हेटौंडा खानेपानी बोर्डका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका नजिक इनार निर्माण भएपछि खानेपानी आपूर्तिमा सहज भएको हो । बोर्डले भीमफेदीस्थित सामरी खोलामा कुल १ करोड १५ लाख लागतमा इनार निर्माण गरेको छ । उक्त इनारबाट दैनिक २७ लाख लिटर पानी वितरण शुरू भएको बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले जानकारी दिए । यसअघि दैनिक १ करोड ४५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको बोर्डमार्फत अहिले दैनिक १ करोड ७२ लाख लिटर आपूर्ति हुन थालेको छ । बोर्डको कार्य क्षेत्रमा दैनिक १ करोड ८० लाख लिटर खानेपानी माग रहिआएको छ । रासस

सम्बन्धित सामग्री

बागमती साकोस समिट १६ फागुनदेखि

७ फागुन, काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को आयोजनामा १६ र १७ फागुनमा ‘बागमती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ । भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेशभरिका १३ वटै जिल्लाका तीन सय सहकारीकर्मीको सहभागिता रहने बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले जानकारी दिए । ‘सहकारी सुदृढीकरणको आधार : […]

एमाले बागमती प्रदेश कमिटीमा कार्यविभाजन

एमाले बागमती प्रदेश कमिटीले कमिटीका पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरेको छ । बागमती एमालेले प्रथम अधिवेशनबाट निर्वाचित दुई सय ४७ सदस्यीय नयाँ नेतृत्वको कार्यविभाजन गरेको हो ।  प्रदेश कमिटी अध्यक्ष कैलाश...

बागमती गोल्डकप पौष २४ देखि

मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा यहि पौष २४ गतेदेखि ५औं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। आयोजक समितिले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको...

बागमती प्रदेशसभाका सदस्यलाई शपथ

मकवानपुर– बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेशसभाका नवनिर्वाचित एक सय नौ प्रदेशसभा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । हेटौँडास्थित बागमती प्रदेशसभामा १२ जना सदस्यले नेवारी र तीन जना सदस्यले तामाङ भाषामा शपथग्रहण गरेका छन् । ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले बागमती प्रदेश प्रमुख यादचन्द्र शर्मासमक्ष हिजो शपथ लिएका थिए । बागमती प्रदेशसभामा […]

बागमती प्रदेशको अधिवेशन आह्वान

बागमती प्रदेश सभाको ११औँ अधिवेशन १८ पुसमा आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा...

अतिक्रमणको चपेटामा बागमती

काठमाडौं, कात्तिक २ । बागमती नदी किनार अतिक्रमणको क्रम तीव्र र भयावह बन्दै गएको छ। बागमती–मनहरा दोभानदेखि सुन्दरीघाटसम्म अहिलेसम्म ठूला–साना गरी तीन दर्जनभन्दा बढी स्थायी संरचना नै निर्माण भइसकेका छन्। कच्ची आवासको सङ्ख्या अझ बढी रहेका छन्। बागद्वारदेखि कटुवाल दहसम्म कुल ४८ किलोमिटर लम्बाइ रहेको बागमती नदी किनारमा संरचना निर्माण हुने क्रम अझै रोकिएको छैन। […]

बागमती प्रदेश सरकारले सञ्चालनमा ल्यायो 'बागमती कानुन' एप

बागमती प्रदेश सरकारले बागमती कानुन एप सञ्चालनमा ल्याएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एप सञ्चालनमा ल्याएको हो। आज बिहीबार आन्तरिक मामिला मन्त्री डा. अजयक्रान्ती शाक्यले एपको उद्घाटन गरेका हुन्। मन्त्रालयका...

बागमती स्तरिय रग्वी भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश जिल्ला स्तरिय पुरुष तथा महिला सेभेन ए साईड बागमती सेभेन्स रग्वी प्रतियोगिता शनिबार हुने भएको छ । नेपाल रग्वी संघको आयोजना तथा बागमती प्रदेश खेलकुद बिकास परिषद्को सहकार्यमा एक दिने प्रतियोगिता हुन लागेको हो । महिला तथा पुरुष १० टोली सहभागी प्रतियोगिता भक्तपुरको मध्यपुर युथ फुटबल क्लबको मैदानमा हुनेछ […]

बागमती प्रदेशसभाले गर्‍यो दुई विधेयक प्रमाणीकरण

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइँले बागमती प्रदेशसभाबाट पारित भएको दुइटा आर्थिक विधेयक आज यहाँ प्रमाणीकरण गरेका छन्।