प्रतिस्पर्धाबाटै नेशनल हाइड्रोपावरले पायो तल्लो इन्द्रावती

लगानीकर्ताको विवादका कारण खारेज भएको ४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती जलविद्युत् आयोजना बोलकबोल प्रक्रियाबाट पुनः नेशनल हाइड्रो पावर कम्पनीले  पाएको छ । विद्युत् विकास विभागले सो आयोजना आज पुनः नेशनल हाइड्रोपावर कम्पनीलाई नै उपलब्ध गराएको हो । कम्पनीका अध्यक्ष कुमार पाण्डेका अनुसार आर्थिक तथा प्राविधिक प्रस्तावमा उत्कृष्ठ ठहरिएका कारण आफूहरूबाट गुमेको आयोजना पुनः फिर्ता आएको हो ।आयोजनाको भौतिक निर्माण झण्डै ५० प्रतिशत पूरा भइसकेको छ । विवादमा पर्नु अगाडि आयोजनाले रु ६५ करोड बराबरको लगा

सम्बन्धित सामग्री

नेशनल हाइड्रोपावरको १३ लाखभन्दा बढी कित्ता अवितरित हकप्रद शेयर लिलामीमा आउने

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको १३ लाख ३६ हजार ७४२ दशमलव ७१७८ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले भदौ १३ देखि २४ गतेसम्मका लागि उक्त शेयर लिलामीमा ल्याउन लागेको हो । कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । कम्पनीले जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूका लागि १० बराबर ५ को अनुपातमा ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका २७ हजार ९९१ जना आवेदकहरूलाई ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद शेयर साउन ३० गते बाँडफाँट गरेको कम्पनीले जानकारी दिएको हो ।  हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार रुपैयाँ छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार रुपैयाँ पुग्नेछ ।  कम्पनीले सिन्धुपाल्चोकको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीको पानी उपयोग गरी ७ दशमलव ५ मेगावाट क्षमताको ईन्द्रावती–३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०५९ असार २१ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । हाल कम्पनीले ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो ईन्द्रावती जलविद्युत आयोजना निर्माण गरिरहेको छ । योसँगै भोजपुरमा १४ दशमलव १५ मेगावाट क्षमताको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको निर्माण कम्पनीकै अधिकतम शेयर भएको लोअर इर्खुवा हाइड्रोपावर कम्पनीमार्फत भइरहेको छ । कम्पनीको सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गरी २०७९ असोज १४ गतेदेखि एकीकृत कारोबार शुरू गरेको थियो । सुनकोशी हाइड्रोपावर कम्पनीमार्फत यस कम्पनीले तल्लो इन्द्रावती जलविद्युत आयोजनामा लगानी गरेकोमा उक्त आयोजनाको इजाजत पत्र नेपाल सरकारले रद्द गरेको छ । नेपाल सरकारले सो आयोजना लिलाम बढाबढ प्रक्रियामार्फत उपलब्ध गराउने निर्णय गरेसँगै नेशनल हाइड्रोपावरले सो इजाजतपत्र प्राप्त गरी उक्त आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ । कम्पनीले सोही आयोजनामा लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

५० प्रतिशत हकप्रद विक्री गर्न लागेको नेशनल हाइड्रोको कस्तो छ अवस्था ?

काठमाडौं । प्राथमिक बजारमा पछिल्लो समय सार्वजनिक निष्कासनले निरन्तरता पाइरहेको छ । सार्वजनिक निष्कासनका क्रममा कम्पनीहरूको आईपीओ बढी संख्यामा विक्रीमा आइरहेको छ । यसै क्रममा असार २९ गतेदेखि नेशनल हाइड्रोपावरले भने ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दैछ । नेशनल हाइड्रोले जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूका लागि ५० प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । प्रतिशेयर रू. १०० अंकित मूल्यमा ८२ करोड २१ लाख ४५ हजार बराबरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर कम्पनीले विक्री गर्न लागेको हो ।  हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार पुग्नेछ । साउन २८ गतेसम्म विक्रीमा रहने हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १ गते बुक क्लोज गरेको छ ।  यस कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो ईन्द्रावती जलविद्युत आयोजना निर्माण गरिरहेको छ । योसँगै भोजपुरमा १४ दशमलव १५ मेगावाट क्षमताको तल्लो इर्खूवा खेला जलविद्युत आयोजनाको निर्माण पनि कम्पनीकै अधिकतम शेयर भएको लोअर इर्खुवा हाइड्रोपावर कम्पनीमार्फत भइरहेको छ । यसअघि कम्पनीले सिन्धुपाल्चोकको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रवती नदीको पानी उपयोग गरी ७ दशमलव ५ मेगावाट क्षमताको ईन्द्रावती तेस्रो जलविद्युत आयोजना निर्माण गरेको छ । उक्त आयोजनाबाट २०५९ असार २१ गतेदेखि व्यापारिक उत्पादन शुरू गरिएको छ । सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गरी यस कम्पनीले २०७९ असोज १४ गतेदेखि एकीकृत कारोबार शुरू गरेको छ । कम्पनीले नयाँ आयोजना निर्माणका लागि हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो । कम्पनीले हकप्रद विक्रीबाट संकलित पूँजीबाट लोअर इर्खुवा हाइड्रोपावरका लागि रू. १२ करोड २७ लाख, तल्लो इन्द्रावती जलविद्युत आयोजनाको लागि रू. ५६ करोड १७ लाख र इच्द्रावती तेस्रो जलविद्युत आयोजनका लागि रू. १३ करोड ७७ लाख छुट्याएको छ । धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता रू. १८३ दशमलव ५० रहेको कम्पनीको हकप्रद शेयर भने शेयधनीहरूले प्रतिकित्ता रू. १०० मै खरीद गर्न पाउनेछन् । हाल १०० कित्ता शेयर भएका नेशनल हाइड्रोका शेयरधनीहरूले ५० कित्ता हकप्रद शेयर खरीद गर्न पाउने भएका हुन् । यस कम्पनीले हालसम्मको इतिहासमा पहिलो पटक १९ दशमलव ५० प्रतिशत लाभांश वितरण गरेको अवस्था छ । कम्पनीले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १८ दशमलव ५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९७५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट भने कम्पनीले लाभांश वितरण गरेको छैन । गत आर्थिक वर्ष कम्पनीले रू. १ करोड २४ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत आर्थिक वर्षमा कम्पनीले विद्युत विक्रीबाट रू. १७ करोड ४५ लाखभन्दा बढी आम्दानी गरेको थियो ।

नेशनल हाइड्रोले पायो तल्लो इन्द्रावतीको सर्भेे लाइसेन्स

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले ४ दशमलव ५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत् आयोजना बनाउन सर्वेक्षण अनुमति पाएको छ । कम्पनीले बुधवार विद्युत् विकास विभागबाट यस्तो अनुमतिपत्र पाएको हो । कम्पनीले उक्त आयोजना बनाउन गत असारमै विभागबाट आशयपत्र (एलओआई) पाइसकेको थियो । थप प्रक्रिया पूरा भएपछि कम्पनीले सर्वेक्षणको अनुमतिपत्र पाएको हो । कम्पनीका अध्यक्ष कुमार पाण्डेले उक्त आयोजना निर्माण गर्न सर्वेक्षण अनुमतिपत्र प्राप्त भएको जानकारी दिए । अब तत्काल सर्भेको काम पनि अगाडि बढाउने उनको भनाइ छ । ‘हामीले २ वर्षभित्रै सर्वेक्षणको काम सम्पन्न गर्छाैं, त्यसपछि उत्पादन अनुमतिपत्रका लागि विभागमा निवेदन दिनेछौं,’ उनले भने । सिन्धुपाल्चोकस्थित उक्त आयोजना बनाउन नेशनल हाइड्रोपावरसहित चार कम्पनीले बोलपत्र दिएका थिए । त्यसमा नेशनल हाइड्रोपावरले बढी रकम प्रस्ताव गरेपछि गत असारमै आशयपत्र दिइएको थियो । कम्पनीले १० वर्षसम्म वार्षिक रू. ६ करोड २० लाख २५ हजार (कुल ६२ करोड २५ लाख) दिनेगरी प्रस्ताव पेश गरेको थियो, जुन अन्य कम्पनीले प्रस्ताव गरेकोभन्दा बढी रकम भएको विभागको भनाइ छ । विभागले न्यूनतम ६१ करोड ४० लाख रुपैयाँमा उक्त आयोजना बनाउन प्रस्ताव आह्वान गरेको थियो । उक्त आयोजना बनाउने प्रस्तावमा नेशनलसहित अनिल मल्टी वाइवा जेभी, आरएम इन्भेष्टमेन्ट कम्पनी र लोअर इखुवा हाइड्रोपावर कम्पनी सहभागी थिए । विभागले तीमध्ये नेशनल हाइड्रोलाई आयोजना बनाउन छनोट गरेको हो । यसअघि २०६३ सालतिर नेशनल हाइड्रोको स्वामित्व रहेको सुनकोशी हाइड्रोपावर कम्पनी उक्त आयोजना अघि बढाएको थियो । कम्पनीले आयोजनाको बाँध निर्माण लगायत ५० प्रतिशत काममा करीब ६५ करोड रुपैयाँ लगानी गरिसकेको थियो । यद्यपि कम्पनीले विभिन्न कारणले आयोजनाको निर्माण पूरा गर्न सकेन । आयोजना निर्माण गर्न नसकेको भन्दै २०७१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनीको लाइसेन्स खारेज गरिदियो । त्यतिबेला अख्तियारले १३ ओटा आयोजनाको लाइसेन्स खारेज गरेको थियो । लाइसेन्स खारेज भएपछि उक्त आयोजनाको सम्पूर्ण सम्पत्ति स्वतः सरकारको भएको थियो । त्यसपछि सरकारले खुला प्रतिस्पर्धाबाट उक्त आयोजना बनाउन दिनेगरी प्रक्रिया अगाडि बढाएको थियो । यद्यपि, खुला प्रतिस्पर्धा गर्दा संयोगवश नेशनल हाइड्रो नै छनोट भएको विभागले बताएको छ । अब कम्पनीले आयोजना निर्माण, सञ्चालन र हस्तान्तरण (बूट) मोडेलअनुसार उक्त आयोजना निर्माण गर्नुपर्नेछ । सरकारको एक अध्ययनले उक्त आयोजनामा २१ करोड रुपैयाँ बराबरको सम्पत्ति भएको देखाएको थियो । त्यसपछि सरकारले सोही मूल्य एकमुष्ट रूपमा दिने कम्पनीलाई आयोजना बनाउन दिनेगरी प्रस्ताव आह्वान ग¥यो । तर, तीन पटकसम्म प्रस्ताव आह्वान गर्दा पनि कुनै कम्पनीले प्रस्ताव पेश गरेनन् । त्यसपछि सरकारले किस्ताबन्दीमा सो रकम भुक्तानी गर्न सकिने नीति ल्याउँदा समेत कुनै कम्पनीले इच्छा देखाएन् । अन्ततः सरकारले आयोजना सञ्चालन भएको १६ वर्षभित्र उक्त रकम ब्याजसहित तिर्नेगरी ६१ करोड ४० लाखमा प्रस्ताव आह्वान गरेको थियो । त्यसमा चार कम्पनी सहभागी भएकोमा नेशनल हाइड्रो ६२ करोड २५ लाख रुपैयाँ दिनेगरी छनोट भएको हो ।