नेशनल हाइड्रोपावरको हकप्रद शेयरमा साउन १८ गतेसम्म आवेदन दिन मिल्ने, ५० प्रतिशत बिक्यो

काठमाडौं । धितोपत्र प्राथमिक बजारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयर विक्रीमा रहेको छ । साधारण शेयर निष्कासनले निरन्तरता पाइरहेको प्राथमिक बजारमा पछिल्लो समय हकप्रद शेयर निष्कासन भने निकै कम भइरहेको छ ।  नेशनल हाइड्रोपावरले असार २९ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । कम्पानीको हकप्रद शेयर खरीदका लागि साउन १८ गतेसम्म मात्र आवेदन दिन सकिने जानकारी कम्पनीले साउन १६ गते पुनः सूचना जारी गर्दै गराएको छ ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १० बराबर ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार रुपैयाँ छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । साउन १६ गते बिहान १० बजेसम्म २३ हजार जना शेयरधनीहरूबाट ४१ लाख ६० हजार ६१६ कित्ता हकप्रद शेयर खरीद माग भएको छ । हालसम्म कम्पनीको ५० प्रतिशत हकप्रद शेयर विक्री भइसकेको छ । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । योसँगै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।  कम्पनीले सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीको पानी उपयोग गरी ७ दशमलव ५ मेगावाट क्षमताको ईन्द्रावती–३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०५९ असार २१ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । हाल कम्पनीले ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो ईन्द्रावती जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यीसँगै भोजपुरमा १४ दशमलव १५ मेगावाट क्षमताको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको निर्माण कम्पनीकै अधिकतम शेयर भएको लोअर इर्खुवा हाइड्रो पावर कम्पनीमार्फत भइरहेको छ । कम्पनीले सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गरी २०७९ असोज १४ गतेदेखि एकीकृत कारोबार शुरू गरेको थियो । सुनकोशी हाइड्रोपावर कम्पनीमार्फत यस कम्पनीले तल्लो इन्द्रावती जलविद्युत आयोजनामा लगानी गरेकोमा उक्त आयोजनाको इजाजत पत्र नेपाल सरकारले रद्द गरेको छ । नेपाल सरकारले सो आयोजना लिलाम बढाबढ प्रक्रियामार्फत उपलब्ध गराउने निर्णय गरेसँगै नेशनल हाइड्रोपावरले सो इजाजत पत्र प्राप्त गरी उक्त आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ । कम्पनीले सोही आयोजनामा लगानी गर्न हकप्रद विक्री गर्न लागेको हो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

ओपीडी टिकट शुल्कमा विद्यार्थीलाई ५० प्रतिशत छुट

१० असार, काठमाडौं । सरकारले सरकारी अस्पतालको बहिरंग सेवा (ओपीडी) को टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई पत्राचार गर्दै ओपीडी टिकट शुल्कमा ५० प्रतिशत छुट दिन निर्देशन दिएको हो । छुट लिन विद्यार्थीले परिचयपत्र देखाउनुपर्नेछ ।

विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट

सरकारले विद्यार्थीहरूलाई संघीय अस्पतालमा उपचार गर्दा  ओपिडी शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट्ट दिने निर्णय गरेका हुन् ।संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउने स्वास्थ्य मन्त्रीका सल्लाहकार केदारप्रसाद गौतमले बताए । ओपिडी सेवा लिनका लागि विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाउनु पर्ने उनले बताए ।

घरभित्रै ५० प्रतिशत महिला हिंसा

महिलामाथि हुने हिंसामा ५० प्रतिशत घरभित्रै हुने गरेको पाइएको छ । महिला पुनःस्थापना केन्द्र(ओरेक) ले जेठ महिनामा २०० सय महिला तथा बालबालिकामाथि हिंसा भएको तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार एकसय जना (५० प्रतिशत) महिला तथा बालिकामाथि घरेलु हिंसा भएको पाइएको छ भने ५३ जना (२७ प्रतिशत) महिला तथा बालबालिकामाथि यौन हिंसा भएको छ ।जसमध्ये २३ वटा (१२ प्रतिशत) बलात्कारको घटना भएका छन् । तथ्याङ्कमा एक नाबालिकको बलात्कारपछि हत्या भएको उल्लेख छ । त्यस्तै, २८ वटा (१४ प्रतिशत) सामाजिक हिंसा, २० वटा (

काठमाडौंमा ५० प्रतिशत मत खस्यो

काठमाडौंमा कुल ५० प्रतिशत मत खसेको छ। बिहान ७ देखि दिउँसो ४ बजेसम्म ५० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।काठमाडौं महानगरसहित १० नगरपालिका छन्। तर, सबै तथ्यांक आई नसकेकाले अझै बढी हुनसक्ने बताएको छ।

झापामा ५० प्रतिशत मत खस्यो

झापामा ५० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार दिउँसो ३:१५ सम्म ५० प्रतिशत मत खसेको हो । हालसम्म तीन लाख २० हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय तुलसीकुमार नेपालले जानकारी दिए ।झापामा पनि ६८४ पदको लागि आज निर्वाचन भइरहेको छ ।  झापामा यसअघि कचनकवलमा एक जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचित भएका कारण आज ६८४ पदमा निर्वाचन भइरहेको हो । नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यसहित ६८४ पदका लागि दुई हजार ७८७ जना चुनावी मैदानमा रहे

पश्चिम रुकुममा ५० प्रतिशत मत खस्यो

पश्चिम रुकुममा कुल ५० प्रतिशत खसेको छ। विहान सात बजेदेखि सुरु भएको मतदानमा साढे ३ बजेसम्म ५० प्रतिशत मत खसेको जिल्ला निर्वाचन आयोगको कार्यालय जनाएको छ।रुकुममा तीन नगरपालिका र तीन गाउँपालिका छन्।

कृषकहरुलाई ५० प्रतिशत अनुदानमा यन्त्र वितरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) कार्यान्वयन एकाई उदयपुरले ५० प्रतिशत अनुदानमा यन्त्र उपकरण वितरण गरेको छ।...

अब सामुदायिक वनको ५० प्रतिशत काठ सरकारलाई दिनुपर्ने

अब तराई/मधेसमा रहेका सामुदायिक वनले समुहभन्दा बाहिर बिक्रीका लागि तय गरेकोमध्ये ५० प्रतिशत काठ सरकारलाई दिनुपर्ने भएको छ । तराई/मधेसका सामुदायिक वनले ५० प्रतिशत र त्यसबाहेक भूगोलका सामुदायिक वनले २५ प्रतिशत...

सुदूरपश्चिममा ५० प्रतिशत रोपाइँ सम्पन्न

धनगढी : आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस। देशभर राष्ट्रिय धान दिवस मनाइएको छ। राष्ट्रिय धान दिवस मनाउँदै गर्दा सुदूरपश्चिम प्रदेशमा भने ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ।यसपाली समयमै मनसुन सक्रिय भएका कारण असार १५ गतेसम्म प्रदेशका ९ वटै जिल्लामा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि निर्देशनालयले जनाएको छ।प्रदेश कृषि निर्देशनालय दिपायलका कृषि निर्देशक वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले मंगलबारसम्म ५० प्रतिशत रोपाइँ सकिएको जानकारी दिए।‘सुदूरपश्चिममा एक लाख ८५ हजार हेक्टर क्षेत्रफलमा

कोरोना र निषेधाज्ञाले चितवनका ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा

कोरोना महामारी र निरन्तरको निषेधाज्ञाले चितवनका झण्डै ५० प्रतिशत उद्योग बन्द हुने अवस्थामा पुगेका छन्।