पाकिस्तानी राजनीतिमा बलियो प्रभाव भएको त्यहाँको सेनाले अपदस्थ प्रधानमन्त्री इमरान खानले अमेरिकाले उनलाई षडयन्त्रपूर्वक हटाएको भन्ने आरोपको खण्डन गरेको छ । ६९ वर्षीय खानले गत आइतबार संसदबाट अपदस्थ भएका थिए । अमेरिकाको सल्लाह नमानेर मस्को भ्रमणमा गएकाले अमेरिका आफूलाई हटाउन लागेको खानले आरोप लगाएका थिए । वासिङ्टनले पहिले नै यो आरोप खण्डन गरिसकेको छ । इमरान खानले रुसले छिमेकी युक्रेनमाथि आक्रमण सुरु गरेको दिन फेब्रुअरी २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका थिए । खानले अमेर