तनहुँ।मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा पुरिएका दुई जनाको जीवितै उद्धार गरिएको छ।भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र ३५ वर्षीय सुनिल रावत घाइते भएका हुन्।बिहान अन्दाजी पाँच बजे खसेको पहिराले पुरिँदा घाइते भएका उनीहरूको लमजुङ अस्पतालमा उपचारको लागि पठाइएको छ। पहिरोले पुरिएर तनहुँमा १९ बाख्रा र दुई भैंसी मरेका छन्।