तनहुँमा पहिरोमा पुरिएका दुईको जिवितै उद्धार

काठमाडौं । गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा पुरिएका दुई जनाको शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ बेँसीशहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र सोही ठाउँ निवासी ३५ वर्षीय सुनिल रावत घाइते भएका हुन् । बिहान अन्दाजी पाँच बजेको समयमा घरमाथिबाट खसेको […]

सम्बन्धित सामग्री

कोलम्बियामा पहिरोमा परी ३३ जनाले ज्यान गुमाए

कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ। पुरिएका नौजनालाई जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये चारजनाको अवस्था गम्भीर रहेको समाचार संस्था सिन्ह्वाले जनाएको छ। यो साताको प्रारम्भमा राजमार्गमा पहिरो खस्दा...

पहिरोमा परेका घाइतेको उद्धार हुन सकेन

सिमकोट – अविरल वर्षाका कारण आइतबार राति गएको पहिरोमा परी सख्त घाइते भएकाहरूको उद्धार हुन सकेको छैन। उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर सुर्खेतबाट उडे पनि खराब मौसमका कारण हुम्ला आउन नसकेको हो। सुर्खेतबाट आएको सेनाको हेलिकोप्टर कालिकोटमा अवतरण गरेर फिर्ता भएको थियो। कालिकोटबाट बाजुुरा हुँदै हुम्ला जाने क्षेत्रको खराब मौसमका कारण हेलिकोप्टर डेढ घण्टादेखि कालिकोटमा […]

नेपाली सेनाद्वारा घाइतेको हवाई उद्धार

गोरखामा गएको पहिरोमा परेर घाइते भएका सुर्खेत निवासी ४२ वर्षीय दीपक विकलाई उद्धार गरिएको छ ।  विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखाको चुमनुब्री गाउँपालिका–६ मा गएको पहिरोमा परेर घाइते भएका विकलाई हेलिकोप्टरमाफर्त उद्धार गरिएको हो ।नेपाली सेनाको उद्धार टोलीले आज हेलिकोप्टरद्वारा उद्धार गरी काठमाडौँ ल्याइएको जनाइएको छ । अहिले उनको अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

लोक्पा पहिरोमा फसेका एक पुरुषको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार

चुमनुब्री गाउँपालिका ६ को लोक्पा पहिरोमा फसेका एक पुरुषको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।...

बाढी–पहिरोमा परेकालाई उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं।आज बडादसैँको चौँथो दिन पनि दुर्गाभवानीको प्रसाद र आशीर्वाद थापिँदै छ।एकीकृत समाजवादीले उम्मेदवारको नामावली टुंगो लगाएको छ।कांग्रेसले बाँकी उम्मेद्वारको नाम आज छिनोफानो गर्ने बताएको छ।बाढी–पहिरोमा परेकालाई उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।लगातारको झरीले सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन ठप्प बनेको छ।

पहिरोमा फसेका इजरायली नागरिकको हेलिकोप्टरमार्फत उद्धार

गोरखा- पहिरोमा फसेका दुई जना इजरायली नागरिकसहित आठ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । गोरखाको मनास्लु ईलाकाको न्याक गाउँमा बिहीबार आएको पहिरोमा दुई जना इजरायली नागरिक र छ जना नेपाली नागरिक फसेका थिए । उनीहरुलाई आज नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरि काठमाडौँ ल्याएको हो । उद्धार गरिएकाहरुको स्वास्थ्य अवस्था सामान्य भएको नेपाली सेनाले जनाएको […]

पहिरोमा पुरिएका आमाछोरीको मृत्यु, एक जनाको उद्धार

रुकुम पश्चिम । अविरल वर्षाका कारण आएको पहिरोमा परेर आमाछोरीको मृत्यु भएको छ ।जिल्लाको आठबीसकोट नगरपालिका -१४, पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा आमाछोरीको मृत्यु भएको हो । पहिरोमा पुरिएकी एक बालिकाको भने जीवितै उद्धार गरिएको छ । आठबीसकोट नगरपालिका वडानम्वर -१४, का वडाध्यक्ष हुकुम पुनका अनुसार मृत्यु हुनेमा जाजरकोट जिल्लाको भेरी नगरपालिका -१, […] The post पहिरोमा पुरिएका आमाछोरीको मृत्यु, एक जनाको उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अछाम पहिरोमा परेकाको उद्धार तथा राहतमा कुनै कमी नगर्न गृहमन्त्री खाणको निर्देशन

काठमाण्डाै - गृहमन्त्री बालकृष्ण खाणले अछाम पहिरोमा परेकाको उद्धार तथा राहतमा कुनै कमी नगर्न निर्देशन दिनु भएको छ । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिदैँ उहाँले आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिनु भएको हो । गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गर...

मणिपुरमा पहिरोमा पुरिएर ४८ जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पहिरोमा पुरिएर ४८ जनाको मृत्यु भएको छ ।  बेपत्ताको खोजी र उद्धारमा संलग्न अधिकारीहरूका अनुसार पहिरोमा परेर मृत्यु भएका अधिकांशमा प्रादेशिक सेनाका जवान छन् । पहिरो गएको आज छैटौँ दिन पनि खोजी तथा उद्धार जारी छ । रेलवे लाइन निर्माण स्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मी पहिरोमा परेका थिए । राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवकसहित चारसयभन्दा बढी कर्मचारी उद्धारमा संलग्न छन् । पहिरोले तामेङलङ र नोनी जि

सुदूरपश्चिममा बाढी र पहिरोमा फसेकाहरूको उद्धार हेलिकोप्टरबाट गरिँदै

काठमाडौः लगातार परेको भारी वर्षातका कारण सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा आएको बाढी र पहिरोमा परेकाहरूको उद्धार नेपाली सेनाको हेलिकोप्टरबाट गरिँदै छ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्। वर्षातका कारण सुदूरपश्चिमका डोटी…