अछाममा पहिरोमा परी चारजनाको मृत्यु, १२ बेपत्ता

काठमाडौं : लगातारको वर्षापछिको पहिरोमा पुरिएर अछाममा चारजनाको मृत्यु भएको छ। १२ जना बेपत्ता छन्।जिल्लाको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा गरी ४ भन्दा बढी घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ।कमलबजार ६ मा अहिलेसम्म पहिरोले पुरिएको ४ वटा शव निकालिएको अछाममा प्रहरी प्रमुख एवं डीएसपी नारायण डाँगीले थाहाखबरलाई जानकारी दिए। यहाँ अन्य तीन जना बेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ। तुर्माखाँद गाउँपालिका ५ मा पनि पहिरोमा परी ९ जना बेपत्ता भएको प्रारम्भिक विवरण आएको डिएसपी ड

सम्बन्धित सामग्री

पहिरोमा परेर स्याङ्जामा चारजनाको मृत्यु, एक बेपत्ता

स्याङ्जामा पहिरोले घर पुर्दा घरभित्र रहेका तीनजनाको ज्यान गएको छ । विरुवा गाउँपालिका ६ लामाखेतमा ईश्वरी

ओखलढुंगा पहिराे अपडेट : एकै परिवारका चारजनाको मृत्यु

ओखलढुंगामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या चार पुगेको छ। अविरल वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुईजनाको ज्यान गएको थियो भने दुईजना बेपत्ता भएका थिए। बेपत्ता दुई जनाको समेत शव...

हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु, दुई बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा हुम्लामा एकै परिवारका  चारजनाको मृत्यु भएको छ । दुईजना बेपत्ता छन् । मंगलबार राति खार्पुनाथ गाउँपालिका–५, खर्पेलगाउँमा एउटा घर पुरिँदा चारजनाको मृत्यु र दुईजना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार खर्पेलगाउँस्थित धनवीरे शाहीको घर पहिरोले पुरिएको छ । पहिरोमा पुरिएर ५५...

कर्णाली प्रदेश, बाढीपहिरोमा परी ३४ जनाको मृत्यु

कर्णालीमा मनसुन सुरु भएयता यस वर्ष बाढी पहिरोमा परेर ३४ जनाको मृत्यु भएको छ, भने आठजना बेपत्ता छन्। यस वर्ष बर्खामा दुई करोड ९१ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ। बाढी पहिरोमा परेर सुर्खेत, सल्यान र दैलेखमा एक÷एक, जाजरकोटमा १५, कालीकोटमा १२ र रुकुम पश्चिममा चारजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

रसुवाको टिमुरेमा पहिरो : चारजनाको मृत्यु, पाँच बेपत्ता

काठमाडाैं – रसुवामा पहिरोमा परेर चार जनाको ज्यान गएको छ । पाँचजना वेपत्ता भएका छन् । प्रहरीले १२ जनाको उद्दार गरेको छ ।  बुधबार राति १२ बजे रसुवाको टिमुरेमा गएको पहिरोले प्रहरी चौकीसहित एउटा घर बगाएको रसुवाका डिएसपी सन्तोष तामाङले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले तीन घरमा क्षति ...

दोलखा पहिरोमा बेपत्ता दुई बालबालिकाको शव भेटियो - Purbeli News

चरिकोट । गएको बुधबार दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर– ९ लाकुरीडाँडा स्थितकुतकुते भन्ने स्थानमा पहिरो जाँदा बेपत्ता भएका दुई जनाको शव पहिरोले पुरिएको अवस्थामा आज भेटिएको छ । भेटिएका शव सोही स्थानका १२ वर्षीय रितु थामी र १५ वर्षीय रोषनी थामीको रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ । कुतकुतेको पहिरोमा परी हालसम्म चारजनाको मृत्यु भएको...