काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) मिलनकुमार शाक्यको कार्यकक्षमा ताला लागेपछि वार्ता सुरु भएको छ। केयुकेएलका प्रवक्ता प्रकाश कुमार राईले अहिले वार्ता भइरहेको जानकारी दिए।प्रवक्ता राईका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड स्वतन्त्र कर्मचारी संघलगायत कर्मचारीहरूले सिइओको राजीनामा मागलगायत विभिन्न माग राख्दै गत शुक्रबार कार्यकक्षमा तालाबन्दी गरेका थिए।‘अहिले मागको विषयहरुमा आन्दोलनरत कर्मचारीसँग वार्ता भइरहेको छ,केही निष्कर्ष आउला,&rs