भन्सार सहजीकरणका लागि नाडाले गर्‍यो अनुरोध

असोज १४, काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटासँग भन्सार सहजीकरणका लागि अपिल गरेको छ ।  बुधवार नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको छ सदस्यीय प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई स्वागत गर्दै त्यस्तो अपिल गरेको हो । उक्त भेटवार्तामा नाडाका प्रतिनिधि र भन्सारका महानिर्देशक बीच विभिन्न विषयमा छलफल भएको थियो । यसैगरी महासचिव सुनिल रिजालले एचएस कोड परिवर्तन र साफटा सुविधाअन्तर्गत आउने अटोमोबाइल वस्तुहरूको वर्गीकरणमा स्पष्टता हुनुपर्ने बताए । छलफलमा नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले एलसी खोली व्यवसाय गर्दा पनि भन्सार नाकाहरूमा पर्ने समस्याहरूबारे जानकारी गराएका थिए। सोही क्रममा महानिर्देशक सापकोटाले विभागले व्यवसायीहरूका लागि सहजीकरण गरिने बताउँंदै व्यवसायीहरूका लागि अनलाइन पेमेण्ट र भेहिकल स्क्यानरको व्यवस्थासमेत गरिने बताए । उनले भन्सार विभागले अव ट्रस्टेड ट्रेडर्सहरूको प्रोफाइल समेत तयार गर्न लागेको बताउँदै यसबाट व्यवसायीहरूलाई सहज हुने विश्वास लिएको बताए ।  

सम्बन्धित सामग्री

भन्सार सहजीकरणका लागि विभागसँग नाडाको अनुरोध

९ फागुन, काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भन्सार सहजीकरणका लागि आवश्यक वातावरण बनाइदिन भन्सार विभागसँग अनुरोध गरेको छ । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधि टोलीले भन्सार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईसँगको भेटमा यस्तो अनुरोध गरेको हो । भट्टराईसँगको भेटमा टोलीले भन्सार मूल्यांकनमा देखिएका विभिन्न समस्याहरुबारे जानकारी गराउँदै भन्सारसम्बन्धी […]

भन्सार सहजीकरण गर्न नाडाले गर्‍यो अनुरोध

फागुन ९, काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा) ले  भन्सार सहजीकरणका लागि अनुरोध गरेको छ ।  नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमवार भन्सार विभागका नव नियुक्त महानिर्देशक कमल भट्टराईलाई भेटी भन्सार मूल्याङ्कनमा देखिएका विभिन्न समस्याहरु तथा भन्सार सम्बन्धी नीतिगत सुझावहरु पेश गरेकोे छ ।     सोही क्रममा अध्यक्ष थापाले नेपाल विश्व व्यापार संगठनको सदस्य भई सकेको अवस्थामा भन्सार मूल्याङ्कन सन्दर्भ सूचि नै खारेज गरी भन्सारमा मालवस्तुको यथार्थ घोषणा र सही बर्गिकरण गराई भन्सार मूल्याङ्कन पद्दतीलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउने व्यवस्थाका लागि आवश्यक पहल गर्न आग्रह गरेको हो ।  त्यसैगरी नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको बर्गिकरणमा केही परिमार्जन गर्न आवश्यक रहेको बताउँदै आयातित सवारी साधनहरुको भन्सार जाँचपासमा पनि ढीलाई भईरहेकोले त्यसको समाधान गर्न आग्रह गरे । त्यसैगरी अर्का उपाध्यक्ष सुनिल रिजालले एलसी खोलेर सामान आयात गर्दा समस्याहरु सृजना भएको भन्दै एउटै वस्तुमा भिन्न - भिन्न भन्सार कार्यालयहरुमा एचएस कोडको  परिभाषामा फरक पर्ने गरेको, ब्रेक लाइनिङ्ग जस्ता अत्यावश्यकीय वस्तुमा पनि शतप्रतिशत नगद मार्जिन राखि एलसी खोल्नु पर्ने नियमले व्यवसायीहरुलाई समस्या परेको बताए । उनले  न्यून विजकीकरण र अनधिकृत आयातबाट हुने समस्याहरुको निराकरणका ध्यानाकर्षण गराए त्यस्तै महासचिव सुरेन्द्र उप्रेतिले २०७३ असार २६ गते भन्सार विभाग र नाडा बीच भएको सहमति बारे जानकारी दिंदै विभागले अनलाइन पेमेण्टलाई मान्यता दिएसँगै नेपाल राष्ट्र बैंकको चेकलाई पनि मान्यता दिने व्यवस्थाका लागि आग्रह गरे । उनले नेपालमा ब्याट्री उत्पादनका सम्भावनाहरु बढदै गएको क्रममा सवै किसिमका सवारी साधनहरुमा प्रयोग हुने ब्याट्रीहरुको उत्पादनलाई प्रोत्साहित गर्न त्यसका लागि आवश्यक हुने सवै प्रकारका कच्चा पदार्थहरुमा एक प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्था गर्न अनुरोध गरे ।  छलफलको क्रममा भन्सार विभागका महानिर्देशक भट्टराईले भन्सार विभागसँग विगतमा भएको सहमतिमा केही विषय संशोधन गर्नु परेमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने भन्दै प्राप्त सुझावहरुका विषयमा आवश्यक पहल गरिने बताए ।   छलफल तथा भेटघाटमा सचिव विक्रम सिंघानिया, सह- कोषाध्यक्ष पंकज अग्रवाल र एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो ।

भन्सार एजेन्टको परीक्षा तत्काल लिन माग

काठमाडौं : भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन्।२०७७ चैत १६ गते भन्सार विभागले ६ सय ६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरे पनि उक्त परीक्षा अहिलेसम्म नभएको भन्दै परीक्षार्थीले आइतबार भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएका हुन्। भन्सार विभागले विभिन्न बहाना बनाएर परीक्षा रोक्न खोजेको भन्दै चाँडै परीक्षा मिति तोक्न अनुरोध गर्दै विरोध कार्यक्रम गरिएको परीक्षार्थी भोलानाथ अर्यालले बताए।‘कोरोनाका कारण रोकिएको आयोगका अन्य परीक्षा सुरु भए तर भन

भन्सार जाँचपासमा सहजीकरण गर्न विभागलाई चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्शले भन्सार विभागलाई भन्सार जाँचपासमा सहजीकरण गर्न अनुरोध गरेको छ । भन्सार कार्यालयमा मालसामानका गाडी अड्किएको गुनासो आएपछि चेम्बरले छिटोभन्दा छिटो जाँचपास गर्न अनुरोध गरेको हो ।साथै, भन्सार विभागले न्यून विजिकरणलाई हतोत्साही गरी वास्तविक बिललाई प्रोत्साहन गर्न परिपत्र गरेपनि वास्तविक बिलमा कारोबार गर्ने आयातकर्तालाई बाधा नहुने गरी नीति बनाउन समेत अनुरोध गरेको छ ।चोरी पैठारी र गैरकानूनी कारोबार गर्नेलाई कडा कारबाही गरी भन्सार छली हुने वस्तुको पहिचान गरी वस्तुहरु भन्सार नाकाबाट

सहजै भन्सार जाँच पासको व्यवस्था मिलाउन विभागलाई नाडाको आग्रह

नाडा अटोमोबाइल्स नेपालले भन्सार विभागका महानिर्देशकलाई भन्सार जाँच पासमा सहजीकरण गरिदिन अनुरोध गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको टोलीले विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई यस्तो आग्रह गरेको हो । विभागले हालसालै जारी गरेको भन्सार निर्देशक लगायतका विषयमा समेत छलफल भएको नाडाले जानकारी दिएको छ । उक्त भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउने क्षेत्र भएको बताए ।छलफलको क्रममा

भन्सार सहजीकरणका लागि नाडाको अनुरोध

नाडाले भन्सार सहजीकरणका  भन्सार विभागलाई अनुरोध गरेको छ  । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदसिय प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई भेटेर भन्सार विभागबाट हालै जारी भएको भन्सार निर्देसिका लगायतका विभिन्न विषयमा छलफल गर्दो सहजीकरणको लागि अनुरोध गरेको हो ।   उक्त भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोवाइलक्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउनेक्षेत्र भएको बताए। छलफलको क्रममा अध्यक्ष दुलालले नाडा र भन्सार विभागविच सूचना आदान प्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढने विषयमा लिखित समझदारी समेत भईसकेको जानकारी दिए   ।   उक्त छलफलमा महासचिव सुनिल रिजालले यच.यस कोड परिर्वन र साफटा सुविधा अन्तर्गत आउने अटोमोवाइल वस्तुहरुको बर्गिकरणमा स्पष्टता हुनु पर्ने बताए। त्यसैगरी सो छलफलमा कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले एल.सि खोली व्यवसाय गर्दा पनि भन्सार नाकाहरुमा पर्ने समस्याहरुबारे जानकारी गराएका थिए ।उक्त छलफलको क्रममा महानिर्देशक सापकोटाले विभागले व्यवसायीहरुका लागि सहजीकरण गरिने बताउदै व्यवसायीहरुका लागि अनलाईन पेमेण्ट र भेहिकल स्क्यानरको व्यवस्था समेत गरिने बताए। सो छलफलमा महानिर्देशक सापकोटाले भन्सार विभागले अव ट्रस्टेड ट्रेडर्सहरुको प्रोफाइल समेत तयार गर्न लागेको बताउदै यसबाट व्यवसायीहरुलाई सहज हुने विश्वास लिएको बताए । छलफलमा नाडाका सह कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य शुभआसिस थपलिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो  ।

सेनेटरी प्याडमा भन्सार महसुल बढेको छैन, बरु राहत दिदैँछौं : अर्थ मन्त्री

अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल नबढाएको बताएका छन्। देखापढीसंग कुरा गर्दै उनले सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी भइरहेको विरोधको खण्डन गरे । तथ्यहीन हल्लाहरूको भ्रममा नपर्न उनले सरोकारवाला सबैमा अनुरोध गर्दै उनले देशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने आफ्नो उदेश्य रहेको स्पष्ट पारे ।

स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढाएको छैन : अर्थमन्त्रीको सचिवालय

सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढाएको भन्दै सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयले प्रेस नोट जारी गर्दै  स्यानिटरी प्याड आयातमा आ.व. २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको स्पष्ट पारेको हो । प्रेस नोटमा भनिएको छ, ‘वर्तमान सरकारले महसुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गर्दछौं । बरु स्यानिट

निषेधाज्ञाले सक्कल कागजपत्र आइनपुग्दा भन्सार जाँचपासमा सकस

पर्सा :  निषेधाज्ञा लम्बिँदै जाँदा आयातकर्ताले सक्कल काजगपत्र नपाउँदा सिपिङ कम्पनी र भन्सारबाट मालवस्तु छुटाउन सकस हुन थालेको छ। निषेधाज्ञा अवधिभर बैंकिङ प्रक्रियाबाट काम हुने गरी आवश्‍यक प्रबन्ध मिलाइदिन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयसँग वीरगन्ज उद्योग वाणिज्य संघले अनुरोध गरेको छ।आयातित मालवस्तुको कागजपत्र इमेल र फ्याक्समार्फत आएकोलाई निषेधाज्ञाको अवधिभर सम्बन्धित बैंकले प्रमाणित गरेपछि त्यसको छायाप्रति वा फोटोकपी पेश गर्दा आयातित मालवस्तु सिपिङ कम्पनीसँग रिसिभ गर्न र भन्सार जाँ