नाडा अटोमोबाइल्स नेपालले भन्सार विभागका महानिर्देशकलाई भन्सार जाँच पासमा सहजीकरण गरिदिन अनुरोध गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको टोलीले विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई यस्तो आग्रह गरेको हो । विभागले हालसालै जारी गरेको भन्सार निर्देशक लगायतका विषयमा समेत छलफल भएको नाडाले जानकारी दिएको छ । उक्त भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउने क्षेत्र भएको बताए ।छलफलको क्रममा