भन्सार एजेन्टको परीक्षा तत्काल लिन माग

काठमाडौं : भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन्।२०७७ चैत १६ गते भन्सार विभागले ६ सय ६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरे पनि उक्त परीक्षा अहिलेसम्म नभएको भन्दै परीक्षार्थीले आइतबार भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएका हुन्। भन्सार विभागले विभिन्न बहाना बनाएर परीक्षा रोक्न खोजेको भन्दै चाँडै परीक्षा मिति तोक्न अनुरोध गर्दै विरोध कार्यक्रम गरिएको परीक्षार्थी भोलानाथ अर्यालले बताए।‘कोरोनाका कारण रोकिएको आयोगका अन्य परीक्षा सुरु भए तर भन

सम्बन्धित सामग्री

थपिए ६६० जना भन्सार एजेन्ट

छ सय ६० जना नयाँ भन्सार एजेन्ट थपिएका छन् । भन्सार विभागले लोकसेवा आयोगमार्फत खुला प्रतिस्पर्धात्मक परीक्षा गरेर आज नयाँ एजेन्ट थपको अन्तिम नामावली सार्वजनिक गरेको छ । विभागले बुधबार निर्णय गरेर लिखित प्रतिस्पर्धामा सहभागी ८५७ जनामध्येबाट मौखिक अन्तर्वार्तामा उत्तीर्ण एजेन्टको अन्तिम नामावली सर्वाजनिक गरेको हो ।गत वैशाख १७ गते लोकसेवा आयोगमार्फत ८५७ जना लिखित परीक्षामा सहभागी भएका थिए । लिखित परीक्षामा सहभागी मध्येबाट यही असार ५ गतेदेखि १३ गतेसम्म मौखिक अन्तर्वार्ता सञ्चालन भएको थियो ।लिखित र मौ

भन्सार एजेन्टको परीक्षा नरोकिने, उच्च अदालतले खोल्यो बाटो

लामो समयदेखि रोकिएको भन्सार एजेन्ट परीक्षा सञ्चालन गर्ने बाटो खुलेको छ । परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला सुनाएको हो ।आरक्षण व्यवस्था नगरिएको भन्दै क्रिष्टिना थैवले भन्सार विभागविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् । थैवले भन्सार एजेन्ट सम्बन्धी सो विज्ञापनमा आरक्षण कोटा राख्नुपर्ने भन्दै मागदाबी गरेकी थिइन् ।न्यायधिसद्वय श्रीमणकुमार गौतम र महेन्द्रनाथ उपाध्यायले भन्सार ऐन २०६४ र नियमावलीमा आर

नयाँ भन्सार एजेन्ट रोक्न पुरानाको चलखेल

काठमाडौं, चैत १ ।दुई दशकदेखि आयातनिर्यातमा सहजीकरण गर्दै आएका भन्सार एजेन्टले विभिन्न अस्त्र प्रयोग गरेर नयाँ एजेन्ट नियुक्ति रोक्न चलखेल गरेका छन् । नयाँ एजेन्टले लाइसेन्स पाउँदा सिन्डिकेट तोडिने भएपछि परीक्षा रोक्न उनीहरूले लबिङ गरेका हुन्। दुई दशकदेखि नयाँ भन्सार एजेन्ट नियुक्त भएका छैनन् । विगतमा भन्सार एजेन्टहरू अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीलाई प्रभावित […]

सिन्डिकेट तोडिने भएपछि नयाँ भन्सार एजेन्ट रोक्न चलखेल

दुई दशकदेखि आयातनिर्यातमा सहजीकरण गर्दै आएका भन्सार एजेन्टले विभिन्न अस्त्र प्रयोग गरेर नयाँ एजेन्ट नियुक्ति रोक्न चलखेल गरेका छन् । नयाँ एजेन्टले लाइसेन्स पाउँदा सिन्डिकेट तोडिने भएपछि परीक्षा रोक्न उनीहरूले लबिङ गरेका हुन्।दुई दशकदेखि नयाँ भन्सार एजेन्ट नियुक्त भएका छैनन् । विगतमा भन्सार एजेन्टहरू अर्थ मन्त्रालय र भन्सार विभागका अधिकारीलाई प्रभावित पारेर नयाँ एजेन्टको परीक्षा रोक्न सफल भएका थिए । पछिल्लोपटक अर्थमन्त्री जनार्दन शर्मा परीक्षा लिएर नयाँ एजेन्ट नियुक्ति गर्ने अडानमा थिए । फागुन २८

विभागले तोक्यो भन्सार एजेन्टको परीक्षा केन्द्र

भन्सार विभागले भन्सार एजेन्टको परीक्षा केन्द्र तोकेको छ । विभागले यही फागुन २८ गते दिउँसो २ बजेदेखि सुरू हुने भन्सार एजेन्टको परीक्षा केन्द्र तोकेको हो । विभागले विसं. २०७७ साल चैत महिनामै ३६० जना भन्सार एजेन्ट माग्दै आवेदन खुलाएको थियो । तर, जेठ र मंसिरमा तोकिएको दुई पटकको परीक्षा मिति कोरोना महामारीका कारण पछाडि धकेलिँदै आएको थियो ।लोकसेवा आयोगले काठमाडौं उपत्यकाका ४५ केन्द्र तोकेको छ । लिखित परीक्षामा उत्तीर्ण भएपछि मौखिक परीक्षा उत्तीर्ण हुनुपर्ने प्रावधान छ । त्यसका लागि विभागको वेबसाइटबाटै

रोकिएको परीक्षा सञ्चालनको माग गर्दै भन्सार विभागमा आन्दोलन

काठमाडौं । लामो समयदेखि रोकिएको परीक्षा सञ्चालनको माग गर्दै भन्सार एजेन्ट परीक्षाको प्रतीक्षामा रहेका परीक्षाथीहरूले भन्सार विभागमा आन्दोलन गरेका छन् । उनीहरूले तत्काल रोकिएको परीक्षा सञ्चालनको माग गर्दै आइतबार भन्सार विभागको महानिर्देशक नारायणप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएर दिनभर धर्नासहितको आन्दोलन गरेका हुन् । भन्सार विभागले झन्डै दुई दशकपछि २०७७ सालको १६ चैतमा ६६० जना भन्सार एजेन्ट […] The post रोकिएको परीक्षा सञ्चालनको माग गर्दै भन्सार विभागमा आन्दोलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भन्सार एजेन्टको परीक्षा तत्काल सञ्चालन गर्न माग गर्दै धर्ना

भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन्। वि.स २०७७ चैत १६ गते भन्सार विभागले ६६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरेपनि उक्त परीक्षा अहिलेसम्म नभएको भन्दै...

भन्सार विभागले स्थगित गर्‍यो भन्सार एजेन्टको लिखित परीक्षा, अब कहिले हुन्छ ?

भन्सार विभागले रिक्त रहेको भन्सार एजेन्ट पद पूर्तिका लागि पूर्वनिर्धारित लिखित परीक्षा स्थगित गरेको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै विभागले परीक्षा स्थगित गरेको शुक्रवार जनाएको छ ।  यसअघि आगामी जेठ २२ गतेका लागि भन्सार एजेन्टको लिखित परीक्षाको मिति तोकिएको थियो ।  अब परीक्षा कहिले हुन्छ भन्ने अनिश्चित छ । निषेधाज्ञा लम्बिँदै गएमा यो परीक्षाको समय पनि लम्बिँदै जाने छ ।  विभागले परीक्षा सञ्चालन हुनु १५ दिन अगाडि सूचना निकालेर परीक्षाको मिति तोकिने जनाएको छ ।  यस्तो छ सूचना

भन्सार एजेन्टको परीक्षा जेठ २२ देखि

भन्सार एजेन्टको परीक्षा मिति सार्वजनिक भएको छ । गत चैत १६ गते भन्सार एजेन्टको लागि आवेदन खुला गरिएको थियो । सोही आवेदन अनुसार जेठ २२ गते परीक्षा मिति तोकिएको छ । परीक्षा दिउँसो १ बजे हुनेछ । परीक्षार्थीले स्वास्थ्य मापदण्ड भने पालना गर्नु पर्नेछ । विभागले अघिल्लो वर्ष नै यस्तो परीक्षा सञ्चालन गर्ने तयारी गरेको भए पनि कोभिड–१९ महामारी सुरु भएपछि यो प्रक्रिया यत्तिकै रोकिएको थियो । अहिले १ सय ७० जना मात्रै भन्सार एजेन्ट कायम रहेका छन् । र, अहिले ६ सय ६० जनाको लागि परीक्षा गर्न लाग

भन्सार एजेन्टको परीक्षा जेठ २२ मा हुने

६ वैशाख, काठमाडौं । सरकारले एकै पटक ६६० जना भन्सार एजेन्ट नियुक्त गर्दैछ । त्यसका लागि आवेदन दिएका परीक्षार्थीको लिखित परीक्षा भने आगामी जेठ २२ गतेका लागि निर्धारण गरिएको छ । भन्सार विभागले दुई दशकपछि पहिलो पटक भन्सार एजेन्ट थप गर्न लागेको हो । भन्सार विभागका अनुसार भन्सार जेठ २२ गते दिउँसो १ बजे हुने […]