सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महसुल बढाएको भन्दै सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयले प्रेस नोट जारी गर्दै स्यानिटरी प्याड आयातमा आ.व. २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको स्पष्ट पारेको हो । प्रेस नोटमा भनिएको छ, ‘वर्तमान सरकारले महसुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गर्दछौं । बरु स्यानिट