मानन्धरले जिते टीभीएस योजनाको बम्पर उपहार कार

काठमाडौं (अस) । टीभीएसले गत दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरेको टीभीएस६ प्राइजको सरप्राइज योजनाको बम्पर उपहार विनोद मानन्धरले जितेका छन् । भक्तपुरका मानन्धरले बम्पर उपहारस्वरूप प्रोटोन सागा कार प्राप्त गरेका हुन् । ६ पटकसम्म उपहार जित्न सकिने योजनाअन्तर्गत ग्राहकले विभिन्न टीभीएस मोटरसाइकल तथा स्कुटर खरिदमा हात खाली नहुन्जेल विभिन्न उपहार प्राप्त गरेको कम्पनीले जनाएको छ । ०७८ भदौ १६ गतेदेखि मंसिर १४ गतेसम्म सञ्चालन भएको योजनाअन्तर्गत मंगलबार बम्पर उपहार प्रोटोन सागा कार विजेता घोषणा गरिएको हो । उनले टीभीएस एनटर्क आरटी एफवान बाइक खरिद गरेका थिए । योजनाअन्तर्गत हरेक साता शतप्रतिशत क्यासब्याक जित्नेमा सकिन धोबी, रवीन्द्र दंगौरा, प्रज्ञा केसी, कुमार कार्की, राजकुमार खरेल, सरस्वति चन्द, कृष्णप्रसाद भट्टराई, केशवकुमार रावल, खड्गी माया आङदेम्बे र बिना नेम्बाङले टीभीएस६ प्राइजको सरप्राइजअन्तर्गत आरआर३१० प्राप्त गरेको कम्पनीले बताएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक हो । कम्पनीका हाल नेपालभर १४५ भन्दा बढी डिलर छन् ।