काठमाडौं (अस) । यामाहाको ‘महा एक्सचेन्ज मेला’ शुरू गरिएको छ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले बिहीवारदेखि उक्त मेला शुरू गरेको हो । भृकुटीमण्डमा शुरू गरिएको उक्त मेला आगामी २२ वैशाखसम्म चल्ने आयोजकले जानकारी दिएको छ । उक्त ‘महा एक्सचेन्ज मेला’मा विभिन्न सुविधासहित आकर्षक उपहारको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार मेलामा जुनसुकै ब्राण्डका जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सकिने बताइएको छ ।
मेलामा कुनै पनि नयाँ मोटरसाइकल/स्कुटर खरीद गर्ने ग्राहकले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफर ‘मल्टिप्लाई योर ह्यापिनेस २०७९X१००० टाइम्स’मा सहभागी हुने अवसर दिइने कम्पनीले बताएको छ । सो अफर अन्तर्गत डिजिटल ज्याकपटमार्फत ग्राहकले दैनिक २ लाख ७ हजार ९०० रुपैयाँ पाउने बताइएको छ । त्यस्तै स्योर शटमा ८ हजार ३१६ रुपैयाँ र बम्पर उपहारमा २० लाख ७९ हजार रुपैयाँसम्म जित्न सकिने कम्पनीले बताएको छ ।
मेलामा टेस्ट राइडको कार्यक्रम पनि राखिएको छ । टेस्ट राइडमा सहभागीमध्येबाट हरेक दिन एक जनाले माउन्टेन फ्लाइटको टिकट उपहार पाउने बताइएको छ ।
मेलामा यामाहाका कुनै पनि बाइक/स्कुटर लिन चाहनेहरूका लागि ‘अन द स्पट फाइनान्स’ सुविधा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । उक्त फाइनान्स सुविधा अन्तर्गत ग्राहकलाई कुल मूल्यको ४० प्रतिशत अग्रिम भुक्तानी र सबैभन्दा न्यून किस्तामा बाइक/स्कुटर लिने सुविधा दिइने कम्पनीको भनाइ छ ।
मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क बाइक एसेसोरिज प्रदान गर्ने र जुनसुकै ब्रान्डका मोटरसाइकल निःशुल्क चेक र वास गरिदिने लगायत सुविधा दिइएको कम्पनीले जानकारी दिएको छ ।