काठमाडौं : सुकुम्वासी समस्या समाधान आयोग खारेज गरेसँगै सरकारको चर्को विरोध भइरहेको छ। यस्तोमा संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम तयार गर्न गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदनमा भूमिहीनलाई जग्गा उपलब्ध गराउने कार्यक्रम तय गरेको छ।
आर्थिक नीति तथा कार्यक्रम खण्डमा भूमिहीनलाई भूमि उपलब्ध गराउने देखि बसोबासको व्यवस्था गर्नेसम्म उल्लेख छ।…