निर्वाचन आयोगले चुनाव तयारीका लागि ८४ दिन पर्याप्त हुने भन्दै तोकिएको मिति अर्थात् वैशाख १७ र २७ गते प्रतिनिधि सभा चुनाव गर्न तयार रहेको बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा नेताहरूसँगको छलफलमा आयोग पदाधिकारीहरूले ८४ दिनमा चुनाव गर्न सकिने बताएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।
‘हामीले तदारुकताका साथ चुनावको तयारीमा लाग्न भन्यौं, आयोगले ८४ दिन भए पुग्छ, आजको मितिले ९१ दिन बाँकी छ भनेर भन्यो,’ आयोग सँगको छलफलपछि संविधान सभाका पूर्वअध्यक्ष समेत रहेका नेता नेम्वाङ...