काठमाडौँ – पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यावहारिक भएको आरोप लगाएका छन्। बिहीबार लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाको संयुक्त आयोजनामा आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रियामा उनले निर्वाचनमा उम्मेदवारी दिएका नेताहरूले नै निर्वाचन आयोगले तोकेभन्दा ८ गुणा बढी रकम खर्च हुने उल्लेख गरेको भन्दै यो अव्यावहारिक भएको बताए। […]