निर्वाचन आयोगले चुनावका सबै कार्यक्रम रद्द गर्‍याे

काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनाव २०७८ को चुनाव कार्यक्रम रद्द गरेको छ ।  केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेर ६ महिनाभित्र चुनाव गर्ने भन्दै कात्तिक २६ र मङ्सिर ३ गतेका लागि चुनावको मिति तोकेको थियो । तर सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसलासँगै आयोगले सबै कार्यक्रम रद्द भएको जनाएको छ ।  चुनावका लागि आयोगले केही कार्यक्रम अघि बढाएको थियो भने सरकारले बजेट पनि छुट्याएको थियो ।  

सम्बन्धित सामग्री

चुनावका दिन अत्यावश्यकीय सेवा प्रवाह गर्ने सवारीका लागि पास नचाहिने

निर्वाचन आयोगले चुनावका दिन अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारीहरुका लागि पासको आवश्यक्ता नरहेको प्रष्ट पारेको छ।...

निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता (पूर्ण पाठ)

निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । आयोगले आज उक्त आचारसंहिता जारी गरेको हो ।

एमाले चुनावका लागि १० औँ नम्बरमा दर्ता

काठमाडौँ । नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश सभा चुनावका लागि दल दर्ता गराएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेताले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् । नेकपा एमाले १० औं नम्बरमा दर्ता भएको छ । ४ मंसिरमा हुने चुनावका लागि अहिले निर्वाचन आयोगले दल दर्ता […]

'निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यवहारिक'

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यवहारिक भएको आरोप लगाएका छन्। बिहीबार लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाको संयुक्त आयोजनामा आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बत...

१७ जिल्लामा निर्वाचन आयोगले खटायो केन्द्रीय अनुगमन टोली

काठमाण्डाै - पालिका चुनावका लागि निर्वाचन आयोगले १७ जिल्लामा केन्द्रीय अनुगमन टोली खटाएको छ । तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षाको दृष्टिले संवेदनशील मानिएका जिल्लामा केन्द्रीय अनुगमन टोली खटाइएको निर्वाचन आयोगले जनाएको छ । आयोगले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको हो । टोलीले उम्मेदवारको खर्चको सीमा, आचारसंहिताको पालना, विश्वसनीयतालगायतका विषयमा अनुगमनको जिम्मेवारी पाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरी कु...

निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने

काठमाण्डाै - निर्वाचन आयोगले पालिका चुनावका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । चुनावी कार्यतालिका अनुसार आयोगले आज चुनाव चिह्न प्रदान गर्न लागेको हो । आयोगमा पालिका चुनावका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले चिह्न प्रदान गर्नेछ । उम्मेदवारले चुनाव चिह्न पाएसँगै मौन अवधि सुरु हुनुअघिसम्म प्रचारप्रसार गर्न पाउनेछन् । आउँदो ३० गते हुने पालिका चुनावको लागि उम्मेदवारी दिएकामध्ये चार हजारभन्दा धेरैले फिर्ता लिएका छन् । वैशाख ११ र १२...

निर्वाचन आयोगले यो वर्ष सवारीसाधन नकिन्ने

निर्वाचन आयोगले यो वर्ष सवारी साधन खरिद नगर्ने भएको छ । आयोगले अघिल्ला निर्वाचनका बेला सवारी साधन खरिद गर्ने गरेपनि आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावका लागि बजेट थोरै भएका कारण सवारी साधन खरिद नगर्ने भएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो वर्ष अर्थ मन्त्रालयले मितव्ययिता अपनाउन भन्दै कम बजेट सीमा तोकेकोले आयोगले सवारी साधन नकिन्ने बताए । रातोपाटीसँग कुरा गर्दैै आयोग प्रवक्ता पौडेलले भने, ‘आयोगले यो वर्ष सवारी साधनका नाममा एउटा साइकलपनि किन्दैन । य

स्थानीय तहको चुनावका विषयमा निर्वाचन आयोगले दलहरुसँग छलफल गर्दै

काठमाण्डाै - स्थानीय तहको चुनावका विषयमा आज निर्वाचन आयोगले दलहरुसँग छलफल गर्ने भएको छ । बिहान साढे ११ बजे आयोगकै कार्यालयमा दलहरुसँग छलफल गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । छलफलमा सङ्घ, प्रदेश र पालिकामा अहिले प्रतिनिधित्व गरिरहेका १७ वटा दललाई बोलाइएको छ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेको एक महिना भइसकेको र यो समयमा आयोगले गरेका कामबारे दलहरुलाई जानकारी दिइने प्रवक्ता शर्माले बताउनुभयो । निर्वाचन आयोगसँग दलहरुका अपेक्षा र दलहरुसँग निर्वाचन...

चुनावका सबै कार्यक्रम रद्द

काठमाडौँ – निर्वाचन आयोगले चुनावका सबै कार्यक्रम रद्द गरेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै घोषित चुनावको सबै कार्यक्रम आयोगले रद्द गरेको हो। केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि प्रतिनिधिसभाको चुनावको मिति घोषणा गरेका थिए। उक्त मितिमा चुनाव गराउन आयोगले असार २१ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको […]